खनाल र गुरुङलाई ग्रामीण पत्रकारिता पुरस्कार

७ आश्विन २०७५, आईतवार १८:३४
 

सदरलाइनडटकम,  
नेपालगञ्ज  : ‘बिरमी–चन्द्र’ ग्रामीण पत्रकारिता पुरस्कार–२०७४’ बाट बाँकेका दुई जना पत्रकार सम्मानित भएका छन् । प्रेस सेन्टर नेपाल बाँकेले स्थापाना गरेको सो पुरस्कार संयुक्त रुपमा पत्रकारद्वय अन्नपूर्णपोष्ठकर्मी शंकरप्रसाद खनाल र काँचुली खबर अनलाइनकर्मी गजेन्द्र गुरुङलाई प्रदान गरेको हो ।
आइतबार नेपालगन्जमा आयोजित कार्यक्रममा बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज ‘अर्थक’, प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’ र प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्टप्रसाद धितालले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशी जनही पाँच हजार रुपैयाँ रहेको छ ।
पुरस्कृत खनाल अन्नपूर्ण पोस्ट् दैनिक प्रदेश व्युरो समन्यव कार्यालय नेपालगन्जका उप–सम्पादक र गुरुङ काँचुली खबर डट कमका सम्पादक हुन् । ग्रामीण क्षेत्रका समाचार लेखनमा रुची राख्ने खनालले २०६७ साल मै पूर्वाञ्चल विश्वविद्यालयको आमसञ्चार तथा पत्रकारिता विषयको स्नातकोत्तर तहमा ‘नेपालको ग्रामीण पत्रकारिता : अभ्यास, चुनौती र सम्भावना’ विषयमा शोधपत्र पनि लेखेका छन् ।
बाँकेका प्रदेशसभा सदस्य नमूनाले स्व.मातापिता बिरमी खत्री र चन्द्र खत्रीको स्मृतिमा पचास हजार र प्रेस सेन्टरले पचास हजार गरी एक लाख रुपैयाँको अक्षयकोषबाट पुरस्कार स्थापना गरिएको हो । सांसद केसीले यो वर्ष अक्षयकोषमा ५० हजार थपेको र हरेक वर्ष अक्षयकोषमा रकम थप गरी पाँच लाख पु¥याइने घोषणा गरिन् ।


Next Post

एसिड आक्रमणमा घाइते सम्झनाको मृत्यु

७ आश्विन २०७५, आईतवार १८:३४
सदरलाइनडटकम, रौतहट : एसिड आक्रमणबाट घाइते भएकी रौतहट चन्द्रनिगाहपुर ६ की १८ वर्षीया सम्झना दासको उपचारका क्रममा मृतयु भएको छ । उनको आइतवार राति ११ बजे निधन भएको कीर्तिपुर अस्पताल प्रशासनले जनाएको छ । तीजको दरखाने राति सम्झना र उनकी बहिनीलाई रौतहटमा रहेको आफ्नै घरमा सुतिरहेका बेला एसिड प्रहार भएको थियो […]