आइतवारदेखि सार्वजनिक यातायातको भाडा दश प्रतिशत बढ्यो

७ आश्विन २०७५, आईतवार १०:४७
 

सदरलाइनडटकम,
काठमाण्डौ : दशैंको मुखमा सार्वजनिक यातायातको भाडा आइतवारदेखि लागु हुनेगरी दश प्रतिशतले बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङनै रोकेपछि सरकार दश प्रतिशत भाडा बढाउन सहमत भएको हो ।
हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुल्ला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा शनिवार भएको वार्तामा इन्धनको मूल्यबृद्धिलाई मुख्य आधार मानेर भाडादर १० प्रतिशत बढाउने सहमति भएको थियो ।
सहमतिअनुसार आइतवारबाट नयाँ भाडादर कायम गर्न यातायात व्यवस्था विभागलाई शनिवार पत्राचार गरिएको थियो । छलफलमा समय सापेक्ष भाडादर कायम गर्न दुई महिनाभित्र प्रतिवेदन दिने गरी समिति गठन गर्ने र मंसिर २९ गतेसम्म भाडा समायोजन गर्ने सहमति भएको छ ।

Next Post

अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या आरोपमा आमा पक्राउ

७ आश्विन २०७५, आईतवार १०:४७
सदरलाइनडटकम, काठमाण्डौ : आफ्नै शिशुको हत्या आरोपमा नुवाकोट प्रहरीले सूर्यगढी गाँउपालिका–१ लच्याङकी सम्झना तामाङलाई पक्राउ गरेको छ । शिशु जन्माएर हत्या गरेको अभियोगमा २२ वर्षीया तामाङलाई शनिवार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मुक्तिनाथ सापकोटाले बताए । श्रीमान वैदेशिक रोजगारमा गएको समयमा अवैध सम्बन्धबाट जन्मेको शिशुको तामाङले हत्या गरेको जानकारीको […]