निर्मलाको यौनांगभित्र एक जनाको मात्रै शुक्रकीट

२ आश्विन २०७५, मंगलवार १८:४०
 

सदरलाइनडटकम,
काठमाण्डौ : कञ्चनपुरकी १३ बर्षीया किशोरी निर्मला पन्तका बलात्काकरपछि हत्या गरिएको घटनाको अनुसन्धान थप जटिल बन्दै गएको छ । घटनाको अधिकांश प्रमाण नष्ट गरिएकोले अपराधी पत्ता लगाउन प्रहरीलाई चुनौती थपिएको छ ।
घटनासँग सम्बन्धित प्रमाण समयका साथै अन्य कारणले नष्ट भइसकेका छन् । तर प्रहरीसँग एउटा प्रमाण मात्र रहेको छ । त्यो हो निर्मालाको यौनांगको भित्री भागमा भेटिएको पुरुषको शुक्रकीट । प्रहरीले यही प्रमाणका आधारमा अपराधीसम्म पुग्ने प्रयास गरिरहेको छ । सिआइबी स्रोतका अनुसार निर्मलाको यौनांगमा भेटिएको शुक्रकीट एक जना पुरुषको मात्रै रहेको छ ।
उक्त प्रमाण डिएनए परीक्षणमा मेल नखाएपछि मानसिक सन्तुलन ठीक नभएका दिलीपसिंह विष्ट सादा तारेखमा छुटेका छन् । अहिले छानविन समितिले निलम्बित एसपी डिल्ली विष्ट, उनका छोरा किरण विष्ट र आयुष विष्टको समेत त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा डिएनए परीक्षणका लागि रगत दिएको जनाएको छ । यसको नतिजा केही दिनमा आउने छ ।
डिएनए परीक्षण गरेकाहरूसँग नतिजा मेल नखाए अर्थात् निर्दोष देखिए अनुसन्धानको पाटो अझ जटिल बन्दै जाने गृहमन्त्रालयको निष्कर्ष छ । यसका लागि अन्य प्रक्रियाबाट समेत अनुसन्धान थालिसकेको गृहमन्त्रालयले जनाएको छ । निर्मलाको शव भेटिएको ठाउँ नजिकका परिवार र तीन किलोमिटर टाढा रहेको सेनामाथि समेत अनुसन्धान शुरु भइसकेको प्रहरीको भनाइ छ । प्रहरी स्रोतका अनुसार अहिले अनुसन्धान फेरि शून्यबाट शुरु गरिएको छ । भीमदत्तनगरपालिका २ महुलीयाकी निर्मला पन्त गत साउन १० गते साथी रोशनी बमको घरमा गएकी थिइन् र उनी दोस्रो दिन उखुबारीमा मृत भेटिएकी थिइन् ।

Next Post

बाँके खजुराका च्याउ किसान सुनारलाई राष्ट्रिय सम्मान प्रदान गरिदै

२ आश्विन २०७५, मंगलवार १८:४०
सदरलाइनडटकम,  नेपालगञ्ज  : बाँकेको खजुरा गाउपालिका– २ का च्याउ उत्पादक कृषक लालबहादुर सुनारले राष्ट्रिय सम्मान पाउने भएका छन् । यसअघि उत्कृष्ठ राष्ट्रिय कृषक पुरस्कार प्राप्त गर्न सफल कृषक सुनारलाई असोज ४ गते विहिबार काठमाडौमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा कृषि सूचना तथा प्रशिक्षण केन्द« र नेपाल कृषि प्रसार समितिले सम्मान गर्ने भएको […]