वास्तु विद्याका ज्ञाता विश्वकर्माको सोमवार पूजा गरिँदै

१ आश्विन २०७५, सोमबार १३:५८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : भगवानका कालीगढ बाबा विश्वकर्माको पूजा गरि सोमवार बाँकेसहित देशभरि विश्वकर्मा दिवस मनाईंदैछ । कन्या अर्थात् आश्विन संक्रान्तिका दिन कालीगढलगायत ठुल्ठुला कलकारखानाले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकैरातमा समुद्रको बीचमा ‘भेद द्वारका’को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानेर पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्राध्यापक डा. रामचन्द्र गौतमले बताए ।
प्राचीन भारतका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिलेपनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ठ ज्ञाता मानिन्छ ।

Next Post

शान्ति सेनामा खटिएका सैनिक गोली लागेर घाइते

१ आश्विन २०७५, सोमबार १३:५८
सदरलाइनडटकम, काठमाण्डौ : संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा रहेका एक नेपाली सैनिक गोली लागेर घाइते भएका छन् । अनमिस मिसनअन्तर्गत सुडानमा रहेको सिद्धिबक्स गण (शा.से.) चौथो डफ्फामा कार्यरत सैनिक जवानको आइतवार बेलुका स्थानीय समयानुसार साढे आठ बजे खुट्टामा गोली लागेको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । […]