खुकुरी प्रहारबाट नेपालगञ्जमा दुई सिकिस्त

१ आश्विन २०७५, सोमबार १३:१३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा खुकुरी प्रहारबाट दुईजना गम्भीर घाइते भएका छन् । नेपालगञ्ज १ धम्बोजी चोकमा आइतवार बेलुका दुई समुहबिच विवाद भएपछि खुकुरी प्रहार गरिएको थियो ।
खुकुरी प्रहारबाट नेपालगञ्ज ८ का सुरेश कुर्मी र धम्बोझीका रोशन महतरा गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रणबहादुर विष्टले बताए । खुकुर प्रहारबाट गम्भीर घाईते भएका कुर्मीलाई लखनउ रिफर गरिएको छ भने महतराको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार गरेको आशंकामा प्रहरीले खजुरा गाउँपालिका १ बस्ने दिपक थापालाई पक्राउ गरेको छ । घटनास्थलबाट खुकुरी बरामद भएको भन्दै प्रहरी निरीक्षक बिष्टले घटनामा संलग्न अरु व्यक्तिहरुको खोजतलाश भईरहेको जानकारी दिए ।

Next Post

नेपाल र भुटानलाई भारतसँग झुक्नैपर्ने भारतीय सेना प्रमुखको भनाई

१ आश्विन २०७५, सोमबार १३:१३
सदरलाइनडटकम, काठमाण्डौ : भारतीय सेनाका प्रमुख बिपिन रावतले नेपाल र भुटानलाई भारतसँग नझुकी सुख नरहेको बताएका छन् । भारतको पुनेमा १० सेप्टेम्बरदेखि शुरु भएको बिम्स्टेक सैन्य अभ्यासको समापनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै सेना प्रमुख रावतले यस्तो अभिव्यक्ति दिएका हुन् । भौगोलिक बनावटका कारण नेपाल र भुटानले भारतको विकल्प खोज्न नसक्ने बताउँदै […]