थारू समुदायले हर्षोल्लासका साथ अटवारी पर्व मनाउँदै

३१ भाद्र २०७५, आईतवार १४:२३
 
आफ्ना चेलीलाई अटवारीको अग्रासन दिन जाँदै ।

सदरलाइनडटकम,
नेपालगञ्ज : दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारू समुदायले अटवारी अर्थात् अतवारी पर्व आईतवार हर्षोल्लासका साथ मनाउँदैछन् । कञ्चनपुरसहित थारू समुदायको बसोवास रहेका बाँके, बर्दिया, कैलाली र दाङलगायतका जिल्लामा यस पर्वलाई विशेष महत्वका साथ मनाइने गरिन्छ । अट्वारी पर्वका अवसरमा प्रदेश ७ मा आईतवार सार्वजनिक बिदासमेत दिइएको छ ।
अटवरी पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायूको कामना गर्दै दिनभरि पानीसमेत नखाई व्रत बसेर साँझ पुरुषलेनै गुइँठाको आगोमा सल्लाको धुप बनाई बालेर भीमको पूजा गर्ने चलन छ ।
थारु सामुदायका व्यक्तिले धेरै मिहिनेत गर्ने गरेको मन्यताअनुसार भीम र आगो जस्तो बलियो बन्नका लागि अटवारीमा शक्ति र भीमको पूजा गर्ने गरिएको सञ्चारकर्मी विश्वराज चौधरी पछल्डङ्ग्याले बताए ।
व्रतपछि गहुँको पिठोबाट बनेको खुर्मा, अन्तिको चामलबाट वरिया, रोटीलगायतका पकवान र फलफुल अग्नि देवतालाई अर्पण गरी दिदीबहिनीलाई केही भाग छुट्ट्याई बचेको बाँकी भाग व्रतालुले खाने चलन रहेको सञ्चारकर्मी पछल्डङ्ग्याले जानकारी दिए ।

Next Post

पेस्तोलसहित दाङमा एकजना पक्राउ

३१ भाद्र २०७५, आईतवार १४:२३
सदरलाइनडटकम, दाङ : अटोमेटिक पेस्तोलसहित दाङमा एक जना पक्राउ परेका छन् । मेड इन यूएसए लेखिएको ६ दशमलव ६५ क्यालिभरको पेस्तोल, म्यागजिन र ४ राउण्ड गोलीसहित घोराही १३ बडहाराका २७ वर्षीय वीरबहादुर चौधरी पक्राउ परेका हुन् । विशेष सूचनाको आधारमा गएको प्रहरी टोलीले घोराही १५ बाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी […]