पञ्चमुखी भयो ‘बाँके स्कुल आईडल–२०७५’

३० भाद्र २०७५, शनिबार २२:१९
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपालगञ्जमा सञ्चालनमा रहेको ‘बाँके स्कुल आईडल–२०७५’ को उपाधी पञ्चमुखी मावि कोहलपुरले हात पारेको छ । शनिबार सम्पन्न ग्राण्ड फिनालेमा १० वटा विद्यालयका टिमलाई पछि पार्दै पञ्चमुखी माविले उपाधी जित्न सफल भएको हो ।
योसंगै पञ्चमुखी माविले नगद १ लाख १ हजार र ट्रफी हात पारेको छ । त्यसैगरी कोहलपुरको वेष्टर्न माविले ७१ हजार सहित द्वितिय हुन सफल भएको छ भने कोहलपुर कै लिटिल एन्जल्स मावि ५१ हजार नगद पुरस्कारसहित तेस्रो हुदै ट्रफि उचालेको छ।
विजेता टिमलाई नेपालगन्ज उप–महानगरपालिका की उप–प्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथि उमा थापा मगरले पुरस्कार वितरण गरेकी थिईन ।
कार्यक्रममा बिभिन्न विधामा उत्कृष्ट ब्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा कलाकारिता क्षेत्रबाट कमल विके निर्मोही, शिक्षक तथा समाजसेवा क्षेत्रबाट किशोरराज मल्ल, राजनबहादुर राना मगर र पत्रकारिता क्षेत्रबाट संगिन शर्मालाई पुरस्कृत गरिएको आयोजक मिडिया ल्याव प्रोडक्सन प्रालि का अध्यक्ष भरत महतोले जानकारी दिए ।
‘कला र संस्कृति राष्ट्रको पहिचान’ भन्ने मुल नाराकासाथ पहिलो पटक आयोजना गरिएको ‘बाँके स्कुल आइडल–२०७५’ को ग्राण्ड फिनाले भब्यताका साथ सम्पन्न भएको आयोजकले जनाएको छ । कार्यक्रमलाई भब्य बनाउ नेपाली तारा २ का विजेता सन्तोष लामा नेपालगन्ज आएका थिए ।
कार्यक्रममा सहभागी हुन नेपालगन्ज आएका लामाले आफ्ना आधा दर्जन बढि चर्चित गितहरु गाएका थिए । उनले मोफसलमा यति ठुलो राशीको प्रतियोगिता हुनु आफैमा खुसीको कुरा भएको बताउँदै यसको निरन्तरताको कामना समेत गरेका थिए । 

Next Post

चेक गणतन्त्रका आठ आरोही अपी हिमालमा

३० भाद्र २०७५, शनिबार २२:१९
सदरलाइनडटकम, दार्चुला : दार्चुलाको अपी हिमाल आरोहण गर्न चेक गणतन्त्रका आठ नागरिक र दुई नेपालीसहितको टोली अपी हिमालतिर गएको छ । दोस्रो जनआन्दोलनपछि पहिलो पटक सात हजार १३२ मिटर उचाइको अपी हिमाल आरोहण गर्न टोली गएको हो । टोलीमा पर्यटन बोर्डका अधिकृत प्रेमकुमार पन्थी र कुविर तामाङसमेत छन् । टोलीले ६० […]

सम्बन्धित