दशै अघि नै कुसुम क्षेत्रमा विजुली झलमल

३० भाद्र २०७५, शनिबार १९:२९
 

सदरलाइन/ रुद्र सुवेदी,  
नेपालगन्ज  : बाँके खासकुस्मा क्षेत्रका स्थानीयबासिको ३२ वर्ष अघिको विजुली सपना पुरा हुने भएको छ । हाल राप्ती सोनारी–१ मा पर्ने सो क्षेत्रमा आगामी असोजको अन्तिम सातादेखि विजुली बाल्न पाउने भएका हुन् ।
२०४२/०४३ सालदेखि घर अगाडिदेखि नै विद्युतको राष्ट्रिय प्रशारणको लाईन तानेर लगिएको भए पनि उनीहरुको विजुली बाल्ने ईच्छा झण्डै ३२ वर्षपछि पुरा हुन लागेको हो ।
बाँके निर्वाचन क्षेत्रनं. १ क अन्तरगत पर्ने सो क्षेत्रको वष नं.१, ४, ५ र नरैनापुर गाउपालिकामा विद्युतको पहुँच पुग्नै नसकेको अवस्थामा सो क्षेत्रको प्रदेश सभा सांसद, कृष्णा केसी नमूना, क्षेत्रीय बिद्युत प्राधिकरण नेपालगन्ज, कोहलपुर बिद्युत बितरक केन्द्र र कुसुम ग्रामिण विद्युतीकरण सहकारी संस्थाको अगुवाईमा आउने दशैसम्ममा कुसुम क्षेत्रमा विद्युतको पहुँच पु¥याईने जानकारी दिईएको छ ।
‘सबैको सहयोगमा २०७५ को दशैसम्म अत्तरिया ग्रिड शाखा अन्र्तगत कु्सुम सब स्टेसनबाट १३२÷११ के.भीएको लाईनबाट २ वटा फिडर निकाली १०० के.भिए(थ्रि फेज) १३ वटा ट्रान्सफर्ममा बिद्युत पु¥याउने लक्ष्यका साथ काम सञ्चालन भएको जानकारी पाएकी छु’–प्रदेस सांसद नमूनाले भनिन ।
स्थानीय वडाले आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले स्थानीय सरकार, विद्युत प्राधिकरण, तथा अन्य क्षेत्रबाट निरन्तरको पहलका कारण सो नतिजा निक्लन सफल भएको बताईन ।‘लामो समयदेखिको पर्खाईको नतिजा आउने बेला भएको छ । अब दिन गन्न मात्र सुरु गर्दा हुन्छ । केही दिन भित्रै विजुली घरघरमा पुग्छ’–उनले भनिन ।
उनले आफुले पाएको जानकारी अनुसार राप्ती सोनारी गाउपालिकामा यो दशै अगाडि नै सबै गाउमा विजुली बल्ने गरी प्राधिकरणले आफु र ठेकेदारलाई तीब्रगतीमा काममा लगाएको र १३ वटा वितरण केन्द्रबाट वितरण गर्ने तयारी भएता पनि राप्ती पारीको क्षेत्रमा केही कठिनाई नआए सबैमा नत्र ९ वटा ट्रान्सफर्मबाट बिद्युत पु¥याउने लक्ष्य लिएको बताईन ।
राप्तिसोनारी वडा नं. १ कुसुममा अहिलेसम्म बिद्युतको पहँच पुग्न भने सकेको थिएन । सामुदायिक बिद्युतीकरण संस्थाको माध्यामबाट बितरणका लागि बि.स २०६३ बाट पहल भएको कुसुममा यो असोजको अन्तिमबाट बिद्युत बाल्न पाउने आसामा रहेको सामुदायिक विद्युतिकरण सहकारी संस्थाका अध्यक्ष तेजबहादुर सुवेदीले खुसी व्यक्त गरे ।



२०७०÷७÷२५ मा नेपाल बिद्युत प्राधिकरण र सामुदायिक बिद्युत बितरक केन्द्रबिच सम्झौता भई २०७१ साल असार २ मा काम सुरु भई बि.स २०७२ असारमा सम्पन्न हुनु पर्नेमा ठेकेदारको लापरबाहीका कारण झण्डै ४ बर्ष ढिला भएको योजना बिद्युत प्राधिकरण र स्थानीयको सहयोगमा यहि दशैसम्म सबैको घरमा बिद्युत पु¥याउने योजनाका साथ लागिएको नेपाल विद्युत प्राधिकरण क्षेत्रीय प्रमुख मनोजकुमार सिंहले जानकारी दिए ।
उनले नेपाल बिधुत प्राधिकरणको ९० प्रतिशत र स्थानीयको १० प्रतिशत लगानी रहेको छ । यस योजनाको बजेट ६ करोड ३० लाख ४७ हजार २ सय ८२ रहेको छ । २०७५ को दशै सम्म अत्तरीया ग्रिड शाखा अन्र्तगत कु्सुम सब स्टेसनबाट १३२/११ के.भीएको लाईनबाट २ वटा फिडर निकाली १०० के.भिए(थ्रि फेज) १३ वटा ट्रान्सफर्ममा बिधुत पु¥याउने लक्ष्य भएता पनि शुरुमा ९ वटा ट्रान्सफर्म राखि बिधुत पु¥याउने लक्ष्यका साथ काम तीब्रगतिमा अगाडि बढाईएको बताए ।
कोहलपुर बिरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले हाललाई ९ वटा ट्रान्समिटरबाट कुसुम र आसपासका १ हजार घरधुरीले बिधुतको उपभोग गर्न पाउने बताए । कुसुममा २ हजार ८ सय २५ घरधुरी रहेका छन । उनले राप्ती नदीमा पानीको सतह तलमाथि नभएर काममा अवरोध नआए सबै १३ वटै चार्जिङ्ग सेन्टरबाट विद्युत वितरणको तयारीमा आफुहरु रहेको दाबी समेत गरे ।
वडा अध्यक्ष चित्रबहादुर वलीको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा स्थानीयले अझै पनि आश्वासन मात्रै हुने हो कि भन्ने आशंका जनाएका थिए ।

Next Post

पञ्चमुखी भयो ‘बाँके स्कुल आईडल–२०७५’

३० भाद्र २०७५, शनिबार १९:२९
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपालगञ्जमा सञ्चालनमा रहेको ‘बाँके स्कुल आईडल–२०७५’ को उपाधी पञ्चमुखी मावि कोहलपुरले हात पारेको छ । शनिबार सम्पन्न ग्राण्ड फिनालेमा १० वटा विद्यालयका टिमलाई पछि पार्दै पञ्चमुखी माविले उपाधी जित्न सफल भएको हो । योसंगै पञ्चमुखी माविले नगद १ लाख १ हजार र ट्रफी हात पारेको छ । […]