मधेशी मुस्लिम किशोरकिशोरीलाई जीवन उपयोगी तालिम

३० भाद्र २०७५, शनिबार १७:५०
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरामा सञ्चालित किशोरकिशोरीहरुका लागि तीन दिने जीवन उपयोगी तालिम शनिवार सम्पन्न भएको छ । फेल्म नेपाल संस्थागत विकास सञ्जाल ललितपुरको सहयोग तथा जनजागरण समाज खजुरा बाँकेले आयोजना गरेको तालिममा ३६ जना किशोरकिशोरीको सहभागिता थियो ।
तालिममा किशोरकिशोरीको शारीरिक परिवर्तन, ब्यवहारमा आउने समस्या, लागुऔषध दुब्र्यसनीबाट बच्न सकिने उपाय र किशोरकिशोरीको भूमिकालगायतका विषयमा प्रशिक्षण दिईएको जनजागरण समाज बाँकेका प्रमुख ब्यवस्थापक रामबहादुर पुनले जानकारी दिए ।
बिशेष गरेर मधेशी मुस्लिम समुदायका किशोरकिशोरी सहभागी तालिममा संस्थागत विकास सञ्जालका कार्यक्रम अधिकृत प्रसना राई र जनजागरणका सुपरभाईजर रामनरेश प्रजापतिले प्रशिक्षण दिएका थिए ।

Next Post

शाहीको नेतृत्वमा प्रदेश ५ को आईटिएफ तेक्वान्दो महासंघ

३० भाद्र २०७५, शनिबार १७:५०
सदरलाइनडटकम, नेपालगञ्ज : प्रदेश नं. ५ नेपाल आईटिएफ तेक्वान्दो महासंघको अध्यक्षमा विरेन्द्रबहादुर शाही सर्वसम्मत चुनिएका छन् । मध्यपश्चिम क्षेत्रीय नेपाल आईटिएफ तेक्वान्दो संघलाई विघठन गरि शनिवार नेपालगञ्जमा शाहीको अध्यक्षतामा प्रदेश नं. ५ को प्रथम नेपाल आईटिएफ तेक्वान्दो महासंघ गठन गरिएको छ । प्रादेशिक नेपाल आईटिएफ तेक्वान्दो महासंघको प्रदेश ५ को प्रथम […]