बलिउड सुपरस्टार गोविन्दा छोरीसहित काठमाण्डौमा

३० भाद्र २०७५, शनिबार १६:२६
 

सदरलाइनडटकम,
काठमाण्डौ : बलिउड सुपरस्टार गोविन्दा आफ्नो छोरीका साथ शनिबार नेपाल आएका छन् । अभिनयको बलमा दशकौंदेखि बलिउडमा राज गर्दै आएका गोविन्दा आईतवार काठमाण्डौमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड’ वितरण समारोहमा सहभागी हुन नेपाल आएका हुन् ।
बलिउड सुपरस्टार गोविन्दाले त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाललाई साहस र प्रेमको धर्ती भन्दै आफुलाई माया गर्ने नेपालीलाई धन्यवाद दिए ।
तीन दिनको नेपाल बसाईका क्रममा पशुपतिनाथको दर्शन र चन्द्रागिरि हिल्स पुग्ने कार्यक्रम रहेको उनले बताए । भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय कलाकारहरुसँगको सामूहिक भेटमा गोविन्दालाई ‘ज्वाई’ भनेर सम्बोधन गरेका थिए । भारतीय अभिनेता गोविन्दाले प्रधानमन्त्री ओलीसँग भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी दिए । गोविन्दाकी पत्नि सुनिता आहुजा नेपाली मुलकी हुन् ।
यसअघि गोविन्दा अभिनेत्री मनिषा कोइरालाको विवाहमा सहभागी हुन नेपाल आएका थिए । आफ्नो डान्स स्टाइल र कमेडीका माध्यमबाट दर्शकको मनमा राज गर्दै आएका गोविन्दा बलिउडका चर्चित अभिनेता हुन् ।

Next Post

फिलिपिन्समा शक्तिशाली आँधी आउँदा तीनको मृत्यु, चार घाइते

३० भाद्र २०७५, शनिबार १६:२६
सदरलाइनडटकम, काठमाण्डौ : फिलिपिन्समा शनिवार आएको शक्तिशाली आँधीका कारण तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । फिलिपिन्सको उत्तरी क्षेत्रमा आएको आँधी र वर्षाले धेरै भौतिक संरचनामा क्षति पुर्याउने त्यहाँका अधिकारीहरुले अनुमान गरेका छन् । १ सय ८५ किलोमिटर प्रतिघण्टा रफ्तार रहेको उक्त आँधीले आफ्नो मार्गमा पर्ने […]

सम्बन्धित