पत्निसहित भारतीय राजदूत पुरी हुम्लामा

३० भाद्र २०७५, शनिबार १६:०३
 

सदरलाइनडटकम,
सिमकोट (हुम्ला) : भारतीय राजदूत मन्जिभसिंह पुरीले आफ्नो देशबाट कैलाश मानसरोवर जाने पर्यटकका लागि सुविधायुक्त पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । परिवारसहित शनिवार हुम्ला पुगेका राजदूत पुरीले भारतीय धार्मिक पर्यटकलाई कैलाश मानसरोवरको यात्रामा कुनै बाधा व्यवधान नहुने गरी पूर्वाधार बनाउनु पर्नेमा जोड दिएका हुन् ।
पत्नीसहित सात सदस्यीय टोलीसँगै बिहान सिमकोट पुगेका राजदूत पुरीले हुम्लाको भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । उनले हुम्ला आफैँमा प्राकृतिक स्रोतसाधनले भरिपूर्ण भएको र शिवजीको बस्ने स्वर्गको ठाउँमा भएकोले यसलाई भारत सरकारले पनि विशेष क्षेत्रको रुपमा विकसित गर्न चाहेको बताए ।
नेपालगञ्जबाट हवाईजहाजमा सिमकोट पुगेका पुरीले जिल्लास्थित सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पौण्डे, सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकाका जनप्रतिनिधिसँग भेट गरेका छन् ।
राजदूत पुरी र उनका परिवारबाहेक अन्य प्रतिनिधि फिष्टेल एअरको हेलिकोप्टरबाट चीनको स्वशासित क्षेत्र तिब्ततसँग जोडिएको हिल्सा नाकामा पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक गेहेन्द्र बोगटीले बताए ।
(तस्बिर थाहाखबर)

Next Post

बलिउड सुपरस्टार गोविन्दा छोरीसहित काठमाण्डौमा

३० भाद्र २०७५, शनिबार १६:०३
सदरलाइनडटकम, काठमाण्डौ : बलिउड सुपरस्टार गोविन्दा आफ्नो छोरीका साथ शनिबार नेपाल आएका छन् । अभिनयको बलमा दशकौंदेखि बलिउडमा राज गर्दै आएका गोविन्दा आईतवार काठमाण्डौमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड’ वितरण समारोहमा सहभागी हुन नेपाल आएका हुन् । बलिउड सुपरस्टार गोविन्दाले त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाललाई साहस र […]

सम्बन्धित