कञ्चनपुरमा बृद्धाको शव भेटियो

३० भाद्र २०७५, शनिबार १५:३३
 


सदरलाइनडटकम,
महेन्द्रनगर (कञ्चनपुर) : कञ्चनपुरमा शनिवार बिहान एक बृद्धाको शव भेटिएको छ । भीमदत्तनगरपालिका २ भाँसीस्थित नहरमा ५५ वर्षीया आइती सार्कीको शव भेटिएको हो ।
तरकारमण्डीमा तरकारी बेच्दै आएकी उनको शव नहरमा आधा डुबेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बताए । महाकाली अञ्चल अस्पतालमा सार्कीको शव परीक्षण गरिएको छ ।
दैलेख भुर्ती नगरपालिका घर भएकी सार्की विगत केही वर्षदेखि भीमदत्तनगर बजारमा तरकारी बेच्दै आएको स्थानीयले बताएका छन् ।

Next Post

बेपत्ता युवती नवलपरासीमा मृत भेटिइन्

३० भाद्र २०७५, शनिबार १५:३३
सदरलाइनडटकम, नवलपरासी : नवलपरासीमा एक युवती मृत भेटिएकी छन् । शुक्रवारदेखि हराएकी सरामवल गाउँपालिका–३ पटनीकी २४ वर्षीया विष्णुमाया चौधरी मृत भेटिएकी हुन् । खोज तलाशका क्रममा शुक्रवार राति ८ बजे उनको शव भेटिएको प्रहरीले बताएको छ । हातमा सलले बाँधेको अवस्थामा खोलामा डुबेको अवस्थामा चौधरीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका […]

सम्बन्धित