ज्ञानोदय पुस्तकालयमा पत्रकार विश्वकर्मा बसे अनशन

२९ भाद्र २०७५, शुक्रबार १६:५५
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : ज्ञानोदय सामुदायिक पुस्तकालयको साधारण सदस्य संख्याको बारेमा सूचना माग गरेको लामो बितिसक्दासमेत नपाएको भन्दै पत्रकार एवम् पुस्तकालयका आजिवन सदस्य पुजन विश्वकर्मा अनशन बसेका छन् ।
कोहलपुर चौराह नजिक सडकमा अनशन बसेका उनले अधिवेशनदेखि हालसम्म भएका गतिविधिको सूचना माग गरेको लामो समय बित्दासमेत नपाएपछि दवावका लागि अनशन बसेको बताए ।
अधिवेशनबारे सूचना नदिएर सहभागी हुनबाट बञ्चित गरिएको गुनासो गर्दै विश्वकर्माले आफूले अधिवेशन सम्बन्धी जानकारी जान्न चाहेको बताए । कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालयमा राजनीति छिरेपछि प्रजातान्त्रिक र बामपन्थी खेमाबीच आरोपप्रत्यारोप शुरु भएको छ ।
राजनीतिकै कारण एक पक्षले अर्कोलाई पाखा लगाएर अगाडी बढ्न खोज्दा चर्काे रुप लिएको छ । केही समयअघि सम्पन्न भएको अधिवेशन अवैधानिक भएको भन्दै बामपन्थी पक्षधरले जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरी विचाराधीन रहेको छ ।
तत्कालीन सचिव विष्णु बेल्वासेसहित केही पदाधिकारी र सदस्यले विधानविपरीत अधिवेशन गरिएको भन्दै त्यसलाई अबैधानिक ठहर गरेका छन् । धर्नामा बसेका विश्वकर्माले पनि पुस्तकालयमा नेपाली काँग्रेस समर्थकले एकलौटीरुपमा संस्था चलाउन खोजेको आरोप लगाए ।

Next Post

सामाजिक सद्भाव कायम राख्ने विभिन्न धर्मावलम्बीको प्रतिबद्धता

२९ भाद्र २०७५, शुक्रबार १६:५५
सदरलाइनडटकम, नेपालगञ्ज : सामाजिक सद्भाव कायम गर्न विभिन्न धर्मावलम्बीले प्रतिबद्धता जनाएका छन् । वडा प्रहरी कार्यालय नेपालगञ्जमा शुक्रवार गरिएको भेलाले हिन्दु र इस्लाम धर्मावलम्बीहरुको पर्व एकसाथ परेपनि सामाजिक सद्भाव कायम राख्न विभिन्न धार्मिक अगुवाहरुले प्रतिबद्धता जनाएका हुन् । इस्लाम धर्मावलम्बीहरुको महान पर्व मोहर्रमलाई दृष्टिगत गर्दै सौहाद्रपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले धार्मिक […]

सम्बन्धित