बन्यजन्तुको छालासहित चार पक्राउ

२८ भाद्र २०७५, बिहीबार १६:३१
 

सदरलाइनडटकम,
काठमाण्डौ : बन्यजन्तुको छालासहित प्रहरीले काठमाण्डौबाट चारजनालाई पक्राउ गरेको छ । प्रहरीले टोखा बस्ने सिन्धुपाल्चोक चौथली गाउँपालिका ५ का सागर भन्ने दिलकुमार श्रेष्ठ, मनमैजु बस्ने सोही ठाउँका लिलाबहादुर श्रेष्ठ र गौरीघाट बस्ने सिन्धुपाल्चोक त्रिपुरा गाउँपालिका ९ का रमेश बोहरालाई जमलबाट पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाण्डौबाट गएको टोलीले उनीहरूलाई दुई थान चितुवाको छाला र साढे एक किलो हड्डीसहित पक्राउ गरेको प्रहरीले बताएको छ । यस्तै आरुबारीबाट पनि बाघको छालासहित सर्लाही बस्ने सुजन वाइबालाई प्रहरीले पक्राउ गरेको छ ।

Next Post

युवा संघ नेता क्षेत्रीको खजुरामा हत्या प्रयास

२८ भाद्र २०७५, बिहीबार १६:३१
सदरलाइनडटकम, खजुरा (बाँके) : युवा संघ खजुराका नेता किरण क्षेत्रीमाथी बिहिवार खजूरा बजारमा आक्रमण भएको छ । रड र खुकुरी प्रहार गरी एक्कासी ज्यान मार्ने प्रयास भएपछि भागेर ज्यान जोगाएको क्षेत्रीले बताए । आफुलाई जोगाउने क्रममा घुँडा र पाखुरामा चोट लागेको क्षेत्रीले बताए । बिहीवार विहान साढे १० बजे कारमा सवार […]

सम्बन्धित