एकअर्काको धर्मको सम्मान गर्न सरोकारवाला प्रतिबद्ध

२८ भाद्र २०७५, बिहीबार १६:०७
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : सबै धर्मका चाडपर्वलाई एकले अर्काको धर्मको सम्मान गरी चाडपर्व मान्ने वातावरण मिलाउने प्रतिबद्धता जनाइएको छ । चाडपर्व नजिकिँदै जाँदा सौहाद्रपूर्ण वातारवण बनाउनका लागि बिहिवार बाँके डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियामा गरिएको एक कार्यक्रममा सहभागीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
विभिन्न धर्मका अगुवा, जनप्रतिनिधी, राजनैतिक दल, बुद्धिजीवि, समाजसेवी, प्रहरी, सञ्चरकर्मी सहभागी कार्यक्रममा एकअर्काको चाडपर्वलाई आदरसम्मान गरिने बताइएको छ । डुडुवा ६ का वडाध्यक्ष मोहनराम मिश्र, नेपालगञ्ज १४ का वडाध्यक्ष ओमकार मिश्र, वडा नं. २३ का वडाध्यक्ष मो.हुसेन शेष, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक दिपक केसी, सशस्त्र प्रहरी बल ३० नं. गणका सशस्त्र प्रहरी निरीक्षक नविन बुढाथोकी, बीओपी कालाबञ्जरका सशस्त्र प्रहरी निरीक्षक गणेशकुमार सिँहलगायतको उपस्थितीमा भएको कार्यक्रममा दुईजना हिन्दु र दुईजना इस्लाम धर्मावलम्बी गरी चारजना संयोजक रहने गरी समिति गठन गरिएको छ ।


तीनवटै वडाका अध्यक्ष संरक्षक रहेको समितिमा हिन्दु धर्मावलम्बीका तर्फबाट वडासदस्य नेतराम मौर्य, अर्जुनसिँह चौहान तथा इस्लाम धर्मावलम्बीका तर्फबाट मर्दानअलि शेष र जाबिर खाँलाई संयोजक चयन गरिएको वडाध्यक्ष मोहनराम मिश्रले जानकारी दिए ।
आ–आफ्नो समुदायमा छलफल गरी केहि दिनभित्रै दुबै धर्मावलम्बीबाट सदस्य थपेर समिति विस्तार गरिने सहमति भएको ईलाका प्रहरी कार्यालय हिरमिनियाका प्रहरी नायब निरीक्षक प्रशाराम केसीले बताए । दुबै धर्मावलम्बीको चाडपर्व नजिकिँदै गएकोले समाजिक सद्भाव नखल्बिलिने उद्देश्यले यस्तो पहल थालिएको उनले जानकारी दिए ।


Next Post

बन्यजन्तुको छालासहित चार पक्राउ

२८ भाद्र २०७५, बिहीबार १६:०७
सदरलाइनडटकम, काठमाण्डौ : बन्यजन्तुको छालासहित प्रहरीले काठमाण्डौबाट चारजनालाई पक्राउ गरेको छ । प्रहरीले टोखा बस्ने सिन्धुपाल्चोक चौथली गाउँपालिका ५ का सागर भन्ने दिलकुमार श्रेष्ठ, मनमैजु बस्ने सोही ठाउँका लिलाबहादुर श्रेष्ठ र गौरीघाट बस्ने सिन्धुपाल्चोक त्रिपुरा गाउँपालिका ९ का रमेश बोहरालाई जमलबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाण्डौबाट गएको टोलीले […]