९० का लागे पन्ना चाचा

२७ भाद्र २०७५, बुधबार १९:३३
 

सदरलाइनडटकम 
नेपालगञ्ज  : नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता ‘चाचाजी’ ९० औं जन्मदिन मनाईएको छ । उनकै घरमा कार्यक्रमको आयोजना गरी ९० औं जन्मदिन मनाईएको हो ।
नेपाल प्रेस युनियन बाँके र उनको परिवारको संयोजनमा चाचाजीलाई शुभकामना दिन पत्रकारहरु, नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइराला, नेपालगन्ज उप–महानगरकी उपमेयर उमा थापा, राजपाका केन्द्रीय सदस्य रामकुमार दिक्षित लगायतका व्यक्तिहरु उनको निवास पुगेका थिए ।
सो अवसरमा चाचाजीका जेठा छोरा तथा पूर्व मेयर विजय गुप्ताले उनको योगदानलाई जिवन्त राख्न ‘पन्नालालगुप्ता’ प्रतिष्ठान वनाउने र नेपाल प्रेस युनियन बाँकेले स्थापना गरेको पन्नालाल गुप्ता राष्ट्रिय पत्रकारिता पुरस्कार कोषमा परिवारको तर्फवाट २ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे ।
आगामी दिनमा पुरस्कार कोष कम्तीमा ५ लाखको वनाईने छ । भने आसन्न अधिवेशनदेखि नै २५ हजार रुपैयाँ राशीको सो पुरस्कार वितरण गरिने प्रेस युनियन बाँकेका अध्यक्ष जयनारायण शाहले जानकारी दिए ।
जीवनको ९० औ वसन्त पार गर्दै गरेका अग्रज पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी पन्ना चाचाजी प्रति सदरलाइनडटकम परिवार शुख शान्ति तथा दिर्घायुको कामना गर्दछ ।

Next Post

तीजमा खजुरा बन्यो महोत्सवमय (फोटो सहित)

२७ भाद्र २०७५, बुधबार १९:३३
सदरलाइनडटकम, खजुरा (बाँके) : नेपाली महिलाहरुको महान चाड हरितालिका तीज देशभर धुमधामका साथ मनाईएको छ । हरितालिका तीजका अवसरमा बाँके जिल्ला तीजमय बनेको छ । नेपाली महिलाको महान चाड तीजका अवसरमा बाँकेको विभिन्न ठाउँमा तीज महोत्सवलगायतका कार्यक्रमसमेत आयोजना गरिएका छन् । लायन्स क्लवद्वारा खजुरामा आयोजित तीज महोत्सवलाई अवलोकन गर्न बाँकेलगायत […]