डुडुवामा महिला लक्षित कार्यक्रम गरिँदै

२५ भाद्र २०७५, सोमबार १९:१७
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : नेपालीहरुको चाडपर्व नजिकिँदै गर्दा बाँकेमा विभिन्न सचेतनामुलक कार्यक्रमसमेत गर्न थालिएका छन् । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजका अवसरमा डुडुवा गाउँपालिकाले विभिन्न कार्यक्रममार्फत ग्रामिण क्षेत्रका महिलाहरुलाई सचेत गराउन शुरु गरेको छ । डुडुवाले महिला लक्षित कार्यक्रम सञ्चालन गरि सचेतना फैलाउने कार्यक्रमको थालनी गरेको हो ।
पछिल्लो अवस्थामा बालिका तथा किशोरीहरुमाथि भएको दुव्र्यवहारका घटनालाई न्युनीकरण तथा महिला अधिकारका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनले गाउँपालिकाको वडा नं. १ होलिया, २ बेतहानी र ५ नानापुरमा तीज विशेष कार्यक्रम गरि सचेतना अभिबृद्धि गरिएको जानकारी दिए ।
कार्यक्रममा सहभागि अगुवा महिलाहरुले गाउँटोल समुदायदेखिनै महिला जागरुकता कार्यक्रममा सहभागी गराउनुपर्नेमा जोड दिएका थिए । जनप्रतिनिधी, कर्मचारी, स्थानीय महिला अगुवा लगायतको सहभागिता रहेको कार्यक्रममा तीज गीतसम्बन्धी सांस्कृतिक प्रस्तुती समेत गरिएको थियो ।

Next Post

पूर्व प्रेमिकाको ‘हनी ट्रयापिङ्ग’मा पर्दा ५ लाख बुझाएर उम्किए पूर्व प्रेमी

२५ भाद्र २०७५, सोमबार १९:१७
सदरलाइनडटकम,  कोहलपुर (बाँके) : ‘हनी ट्रयापिङ्ग’को शैलीमा पूर्वप्रेमीकाको प्रयोग गरी अपहरण र बलात्कारको मुद्दामा फसाउने धम्की देखाउदै बन्धक बनाएर ५ लाख रकम असुल्ने तीन जना प्रहरी नियन्त्रणमा परेका छन् । उनीहरुको समूहले नेपालगन्जको एकलैनी बस्ने अन्सारी थरका युवकलाई होटलमा बोलाई बन्धक बनाएर पाँच लाख रुपैयाँ फिरौती लिएको अभियोगमा जिल्ला अदालत […]