सवा ४ करोड ठग्न खोज्ने बैंक कर्मचारी निलम्बित

२५ भाद्र २०७५, सोमबार ०८:११
 

सदरलाइन / रुद्र सुवेदी , 
नेपालगन्ज  : कृषि विकास बैंक खजुरा शाखाका कर्मचारीले सुचना प्रविधिको दुरुपयोग गरेर ६६ लाख अनियमितता गर्दै सवा ४ करोड ठग्न खोजेको कसुरमा निलम्बनमा परेका छन् ।
बैंक निकट स्रोतले दिएको जानकारी अनुसार खजुरा शाखाका व्यवसाय सहायक घनश्याम अधिकारीले सूचना प्रविधिको दुरुपयोग गरी ६६ लाख अनियमितता गरेको र सवा ४ करोड अनियमितता गर्न खोज्दा निलम्बनमा परेका हुन् ।
अधिकारीले शाखाका प्रबन्धक सञ्जयराज श्रेष्ठको आइडी ह्याक गरी गत १६ साउनमा ४ करोड २८ लाख रुपैयाँ अनियमितता गर्न खोजेको पुष्टि भएपछि उनी निलम्बनमा परेको स्रोतले जनाएको छ ।
सो शाखाबाट २ करोड रुपैयाँभन्दा बढी रकम ट्रान्सफर नहुने भएकाले रकम पेन्डिङमा देखेपछि केन्द्रीय कार्यालयको आइटी विभागले अनियमितताको भेद पत्ता लगाई उनी उपर निगरानी बढाएका स्रोतले जनायो । स्रोतका अनुसार आरोपित अधिकारीसहित अन्यको समेत मेलेमतो भएको हुनसक्ने आशंका गरिएको छ ।
अधिकारीले अनियमितता गरेको घटनाको जानकारी आए लगत्तै बैंकको मध्यपश्चिम क्षेत्रीय कार्यालय नेपालगन्जले अनुसन्धान सुरु गरेको र सो क्रममा अधिकारीले झन्डै दुई वर्षको अवधिमा एक सय रुपैयाँदेखि सवा चार करोड रुपैयाँसम्म अनियमितता हुनसक्ने तथ्य फेला पारेको स्रोतको दावी छ ।
सूचना प्रविधिको टोलीले छानबिनका क्रममा विभिन्न मितिमा झन्डै ६६ लाख रुपैयाँ भने अनियमिमता गरेको फेला परेपछि बैंकको केन्द्रीय कार्यालय व्यवस्थापनले अधिकारीलाई अनुसन्धानका लागि भन्दै १३ भदौदेखि निलम्वन गरेको हो ।
अधिकारीले सो रकम आफ्नो कृषि विकास बैंक वाहेकको खातामा र आफन्तहरुको खातामा ट्रान्सफर गरेको भेटिएको छ । अधिकारीले विगत दुई वर्षदेखि कम्तीमा एक सय रुपैयाँदेखि एक सय भन्दा बढी पटक गरी ६६ लाख रुपैयाँ अनियमितता गरेको भेद खुलेको छ । कार्यालयमा हुने विभिन्न खर्चको रकम, बैंकको शंकास्पद हिसाबको रकम र अन्तर बैंकिङ हिसाब मिलानको रकमबाट अनियमितता गरेका थिए ।
बैंकका मध्यपश्चिम क्षेत्रीय कार्यालय नेपालगन्जका निर्देशक रामचन्द्र अचार्यले भने अधिकारीलाई निलम्वन गरी अनुसन्धान जारी रहेको बताए । उनले अधिकारीबाट झन्डै ६६ लाख रुपैयाँ भने नगद नै असुल उपर गरेर बैंकलाई घाटाबाट जोगाएको बताउँदै केन्द्रले अनुसंधान गरेको भन्दै केन्द्रीय कार्यालय मै थप जानकारी लिन आग्रह गरे ।
यसैबीच कृषि विकास बैंकका केन्द्रीय प्रवक्ता हिमलाल पौडेलले अधिकारीबारे अनुसन्धान जारी राखेको जानकारी दिदै भने–‘उनी निलम्बनमा मात्र परेको र अनुसंधान जारी भएको कारणले सबै कुरा अनसंधान पछिमात्र आउने छ । क–कसको संलग्नता रहेको वा नरहेको बारे अहिले नै बताउन अहिले नै सकिदैन ।’

Next Post

शिक्षा पुरस्कारका लागि अक्षयकोष

२५ भाद्र २०७५, सोमबार ०८:११
दाङ, तुलसीपुर उपमहानगरपालिका–६ रजौरा निवासी भण्डारी परिवारले आफ्ना स्व बुबा तेजप्रसाद र आमा लीलादेवी भण्डारीको स्मृतिमा महेन्द्र मावि तुलसीपुरमा ‘तेजलीला’ स्मृति पुरस्कार स्थापना गरेका छन् । उपमहानगरपालिका–६ रजौरा स्थायी घर भई हाल काठमाडौँ निवासी पुरुषोत्तम भण्डारी र उहाँका भाइ निरणप्रसाद, अच्युतप्रसाद, भोजप्रसाद र रोहितप्रसादले महेन्द्र मावि तुलसीपुरमा ‘तेजलीला’ स्मृति पुरस्कारका […]

सम्बन्धित