नेपाली जनसम्पर्क समिति क्यानडामा ओली

२५ भाद्र २०७५, सोमबार ०७:५५
 

सदरलाइनडटकम
क्यानेडा (ब्राम्टन) : नेपाली जनसम्पर्क समिति क्यानडाको दोस्रो अधिबेशनेले बुद्धिप्रकाश ओलीको सभापतित्वमा २३ सदस्यीय कार्यसमिति चयन गरेको छ । ओली संस्थापन सहित तेस्रो पटक सभापति चयन भएका हुन
दोस्रो अधिबेशनले उपसभापतिमा दिपक गौतम महामन्त्रीमा बसन्त कार्की, सह महामन्त्री विपिन पराजुली र रामकृष्ण पौडेल एवं कोषाध्यक्षमा बिशाल घिमिरेलाई निर्विरोध निर्वा्चित गरेको हो ।
त्यस्तै कार्यसमितिका सदस्यहरुमा शुरेश रजौरे, सिद्दिकि शेर्पा, अशोक यादव, तुला भट्चन, उज्ज्वल गौतम कमला भण्डारी, निरन्जन थापा, हेमराज पाण्डेय, बिजय लम्साल,कृष्ण रेग्मी, शैलेन्द्र पंजियार, शुनिल घिमिरे शुशिल भुसाल, विष्णु खनाल र राजेन्द्र पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।
दोश्रो अघिबेशनपछि बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले संसोधित विधान अनुरुप दधि अर्याल र यादब सापकोटालाई कार्यसमितिको सदस्यमा मनोनित गरि दधि अर्याललाई उपसभापतिमा चयन गर्दै २५ सदस्य बोर्ड गठन गरिएको छ ्रत्यस्तै सभापतिको प्रस्ताव र कार्यसमितिको समर्थनमा सम्राट थापा र सिद्धीकि शेर्पालाई उपसभापतिमा मनोनित गरिएको छ ।
नेपाली जनसम्पर्क समितिको दोस्रो अधिबेशन उद्घाटन गर्दे केन्द्रिय प्रतिनिधी एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले नेपालमा बाम शक्तिहरुको एकताले देश विकास हुने संकेत नदेखिएको बताउँदै देश विदेशमा रहेका सबै प्रजातान्त्रीक शक्तिहरु एक हुनुपर्ने बताए ।
त्यस्तै कार्यक्रमका अतिथि एवं नेपाली कांग्रेसका सिन्धुली जिल्ला सभापति उज्ज्वल बरालले प्रजातन्त्रमा आस्था राख्ने र नेपाली कांग्रेस समर्थित व्याक्तीहरु नेपाली कांग्रेसको आदर्श, नीति र अनुशासन भित्र रहनुपर्ने बताए ।
एद्घाटन सत्रमा नेपाल महिला संघकी पवित्रा पौडेल, स्याङजाबाट नेपाली कांग्रेस महाधिबेशन प्रतिनिधि एवं विद्यार्थी नेतृ चन्दा अधिकारी ,एन आर एन आइसिसि सदस्य प्रमिला बस्नेत, अभिमन्यु बस्नेत, एनआरएन क्यानडाका तर्फबाट प्रवक्ता रविन्द्र घिमिरे, प्रवासी नेपाली मंचका अध्यक्ष रमेश थापा लगायतले शुभकामना व्यक्त गरेका थिए ।

Next Post

सवा ४ करोड ठग्न खोज्ने बैंक कर्मचारी निलम्बित

२५ भाद्र २०७५, सोमबार ०७:५५
सदरलाइन / रुद्र सुवेदी ,  नेपालगन्ज  : कृषि विकास बैंक खजुरा शाखाका कर्मचारीले सुचना प्रविधिको दुरुपयोग गरेर ६६ लाख अनियमितता गर्दै सवा ४ करोड ठग्न खोजेको कसुरमा निलम्बनमा परेका छन् । बैंक निकट स्रोतले दिएको जानकारी अनुसार खजुरा शाखाका व्यवसाय सहायक घनश्याम अधिकारीले सूचना प्रविधिको दुरुपयोग गरी ६६ लाख अनियमितता […]