तीस हजार घुससहित प्रहरी निरिक्षक महता र एक स्थानीय अख्तियारको फन्दामा

२४ भाद्र २०७५, आईतवार २२:०७
 

सदरलाइनडटकम,
मैनापोखर (बर्दिया) : अख्तियार दुरुपयोग अनुसंधान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगन्जबाट खटी गएको टोलिले प्रहरी निरिक्षकसहित दुई जनालाई घुससहित रंङ्गेहात नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।
ईलाका प्रहरी कार्यालय मैनापोखरका ईन्चार्ज प्रहरी निरिक्षक गणेश सिंह महता र स्थानीय मध्यस्थकर्ता मैया पौडेललाई ३० हजार नगदसहित नियन्त्रणमा लियर अनुसंधान सुरु गरेको छ ।
प्रहरी निरिक्षक महताले सोधपुछका लागि नियन्त्रणमा लिएर छाड्ने बाहानामा उनीहरुसंग सुनको सिक्रि बन्धक राखेर रिश्वत माग्दै गरेको उजुरीको आधारमा आईतबार साँझ करिव साढे ७ बजे तिर अख्तियारको टोलिले रंङ्गेहात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगन्जका निमित्त प्रमुख तथा शाखा अधिकृत कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
अखितयारको टोलीलाई घुस वापतको रकम लिईसकेको अवस्थामा निजहरुलाई ईलाका प्रहरी कार्यालय, मैनापोखर, बर्दियाको कार्यालय प्रमुख प्रहरी निरीक्षक महताको कार्यकक्षबाट घुस रकम सहित रंगेहात नियन्त्रणमा लिएको थियो ।

Next Post

नेपाली जनसम्पर्क समिति क्यानडामा ओली

२४ भाद्र २०७५, आईतवार २२:०७
सदरलाइनडटकम क्यानेडा (ब्राम्टन) : नेपाली जनसम्पर्क समिति क्यानडाको दोस्रो अधिबेशनेले बुद्धिप्रकाश ओलीको सभापतित्वमा २३ सदस्यीय कार्यसमिति चयन गरेको छ । ओली संस्थापन सहित तेस्रो पटक सभापति चयन भएका हुन दोस्रो अधिबेशनले उपसभापतिमा दिपक गौतम महामन्त्रीमा बसन्त कार्की, सह महामन्त्री विपिन पराजुली र रामकृष्ण पौडेल एवं कोषाध्यक्षमा बिशाल घिमिरेलाई निर्विरोध निर्वा्चित […]