लायन्स गभर्नर ओझाले गरे समाजसेवाबाटै खजुराबासीको मन जित्न आग्रह

२२ भाद्र २०७५, शुक्रबार २२:१४
 

सदरलाइनडटकम
खजुरा (बाँके) : लायन्स क्लब ईन्टरनेशनल डिष्टिक ३२५ बि २ का डिष्टिक गभर्नर सुनिल ओझाले खजुराका सबै लायन्सहरुलाई समाजसेवाको मध्यामबाट आफुलाई चिनाउन आग्रह गरेका छन् । डिष्टिकको क्षेत्र नं. ६ अन्तरगतको लायन्स क्लव निरिक्षणको लागि शुक्रबार बाँकेको खजुरा पुगेका उनले सो कुरामा जोडदिदै सबै लायन्सहरुलाई समाज सेवाको माध्यामबाट खजुराबासीको मन जित्न आग्रह गरेका हुन ।
लायन्स र लियो कल्व अफ नेपालगन्ज—खजुराले तीजको दिन आयोजना गरेको खजुरा तीज महोत्सवको तयारीको बारेमा जानकारी लिदै उनले कल्वका गतिविधिहरुलाई शुक्रबार अवलोकन गरेका थिए ।
अवलोकनका क्रममा तीजको बेला मन्दिरमा महिला दिदी बहिनीहहरुको जमघट हुने तीज महोत्सवलाई सफल बनाउन लायन्स कल्वद्धारा कुनै कसुर नराख्न निर्देशन दिए । डिष्टिक गभर्नर ओझाले महोत्सवलाई खजुराको सानका रुपमा लैजान आग्रह गरे ।
तीज महोत्सवको तयारीमा जुटेको लायन्स र लियो कल्व अफ नेपालगन्ज—खजुराले २६ गते महोत्सवको अघिल्लो दिन सरसफाई कार्यक्रम गर्ने निर्णय गरेको सरसफाई उप समितिका संम्योजक तेजेन्द्र विकले जनाए ।
लायन्स कल्व अफ नेपालगन्ज—खजुराका अध्यक्ष रोशन सापकोटाले तीज महोत्सवलाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने गरी तयारी भैरहेको बताए । खजुरा तीज महोत्सवका आर्थिक उप समितिका संम्योजक खिमलाल बरालले महोत्सव सफल बनाउन प्रायोजकहरुको टुङ्गो लागि सकेको बताए । कार्यक्रमबाटै लियो बर्ष २०१८/0१९ को लागि लियो क्लब अफ नेपालगंज—खजुराको अध्यक्षमा बिधान बराललाई चयन गरीएको थियो ।

Next Post

एल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनाग्रस्त, यात्रुको अवस्था अज्ञात

२२ भाद्र २०७५, शुक्रबार २२:१४
सदरलाइनडटकम, काठमाण्डौ : शनिवार विहान सम्पर्कविहीन भएको अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । नुवाकोट र धादिङ सीमानास्थित मेघाङको जंगलमा हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको एल्टिच्युड एयरका सञ्चालक फुर्बा शेर्पाले बताए । हेलिकप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार थिए । हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु , रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, […]