झारफुकको नाममा नेपालगन्जमा किशोरी बलात्कृत

२२ भाद्र २०७५, शुक्रबार १९:०६
 

सदरलाइनडटकम,
नेपालगन्ज : देशमा जताततै बलात्कारका घटना सार्वजनिक भईरहँदा बाँकेमा फेरी एक बालिका बलात्कृत भएको खुलासा भएको छ । कोहलपुरमा हजुरबुवाले आफ्नै नातीनीलाई बलात्कार गरेको घटना सेलाउन नपाउँदै नेपालगन्जमा १६ बर्षीया एक किशोरी बलात्कृत भएको रहस्य खुलेको हो ।
झारफुकका नाममा गणेशपुर बस्ने ४७ बर्षीय साईबाबा भनिने ब्यक्तिले १६ वर्षीया बालिकासँग यौनजन्य क्रियाक्लाप गरेको बिहीवार जाहेरी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रणबहादुर विष्टले बताए ।
विरामी परेकी बालिकालाई झारफुक गर्ने नाममा ती ब्यक्तिले किशोरीलाई बलात्कार गरेको बालिकाका आफन्तले बताएका छन् । आफुलाई साईंबाबा भन्ने ती व्यक्तिले झारफुकको बहानामा गत बैशाखदेखि बलात्कार गर्दै आएको किशोरीले बयान दिएकी छन् । बाहिर कसैसँग कुरागरे जेपनि हुनसक्ने ती बाबाले धम्की दिएकाले डरका कारण आफुले कसैलाई कसैलाई नभनेको पीडित किशोरीले बताएको आफन्तले बताए ।
पटक–पटकको बलात्कारका कारण बालिकाले गर्भधारण गरेपछि झारफुक गर्ने बाबाले बिहीवार गर्भपतनको औषधी खुवाएको र योनिबाट रक्तश्राव नरोकिँदा ती बालिकाले आफ्नो आमालाई घटनाबारे बताएकी थिइन् । आमाले थाहा पाएपछि घटनाबारे खुलासा भएको पीडित किशोरीका काकाले जानकारी दिए । साईबाबा भनिने ती ब्यक्तिलाई पक्राउ गरी अनुसन्धान अनुसन्धान थालिएको प्रहरी निरीक्षक विष्टले बताए ।
बढैयाताल गाँउपालिका घर भई हाल नेपालगन्ज बस्दै आएकी किशोरीको बिहीवार भेरी अञ्चल अस्पतालमा उपचार गरिएको छ । उनको पेटमा गर्भ भएनभएको बारे रिपोर्ट आउन बाँकी रहेको पीडितका आफन्तले बताएका छन् । साईबाबा भनिने ती ब्यक्ति विगत केही महिनादेखि गणेशपुरमा ज्योतिषीको काम गर्दै आएका थिए ।

Next Post

लायन्स गभर्नर ओझाले गरे समाजसेवाबाटै खजुराबासीको मन जित्न आग्रह

२२ भाद्र २०७५, शुक्रबार १९:०६
सदरलाइनडटकम खजुरा (बाँके) : लायन्स क्लब ईन्टरनेशनल डिष्टिक ३२५ बि २ का डिष्टिक गभर्नर सुनिल ओझाले खजुराका सबै लायन्सहरुलाई समाजसेवाको मध्यामबाट आफुलाई चिनाउन आग्रह गरेका छन् । डिष्टिकको क्षेत्र नं. ६ अन्तरगतको लायन्स क्लव निरिक्षणको लागि शुक्रबार बाँकेको खजुरा पुगेका उनले सो कुरामा जोडदिदै सबै लायन्सहरुलाई समाज सेवाको माध्यामबाट खजुराबासीको […]

सम्बन्धित