कृष्णसार एफएमको ‘आउ नाचौ तीज’को अडिशन जारी

२२ भाद्र २०७५, शुक्रबार १५:०८
 

सदरलाइनडटकम
नेपालगन्ज  : नेपाली हिन्दू महिलाको विशेष पर्व हरितालिका तीजको अवसरमा कृष्णसार एफएमले नेपालगन्ंज उप–महानगरसंँगको सहकार्यमा आयोजना गरेको ‘आउ नाचौं तीज’को नेपालगन्ज अडिसनबाट आठ प्रतियोगी छनोट भएका छन् ।
अडिसनमा सहभागि २२ मध्ये ८ प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएको आयोजक कृष्णसार एफएमले जनाएको छ । श्रष्टी समुह धम्बोझी, भेरी स्कुल धम्बोझी, फाइब एण्ड स्टार समुह धम्बोझी र सिद्धार्थ कल्चरल ग्रुप फाइनल पुगेका हुन् ।
यस्तै नेपालगन्ज मोडेल एकेडेमी वाटरपार्कका रिया राना, होप इन्टरनेशनल स्कुलका तिलक थापा र रमा पोख्रेलको जोडी, नेपालगन्ज मोडेल एकेडेमीका गरिमा चौधरी र वृटिस स्कुल सुर्जीगाउँका पुनम बोहरा पनि छनोटमा परेको आयोजकले जनाएको छ ।
नेपालगंन्ज अडिसनमा बरिष्ठ नृत्य निर्देशक नरेन्द्र श्रेष्ठ र संगीता सुवेदीले निर्णायकको भूमिमा निभाएका थिए । आउ नाचौं तीजको सिजन–६ का संयोजक माधव अधिकारीका अनुसार शुक्रबार बांसगढी नगरपालिकाको सहकार्यमा केदारेश्वरधाम परिसरमा विहान साढे १० बजे तेस्रो अडिसन हुनेछ ।
यस्तै भदौ २३ गते कोहलपुरमा र २४ गते बढैयातालमा छनोट चरणको अन्तिम प्रतियोगिता संचालन हुनेछ । तीनदिन अघि १८ गते राजापुर नगरपालिकाको सहकार्यमा त्यहां भएको अडिसनबाट ७ प्रतियोगी छानिएका छन् ।
पांचै स्थानको छनोट चरणवाट छानिएका उत्कृष्ट प्रतियोगीहरुलाई नेपालगंन्जमा २६ भाद्रमा हुने अन्तिम प्रतिष्पर्धामा सहभागी गराइने छ । कृष्णसार एफएमले विगत ६ वर्षदेखि नियमित रुपमा आउ नाचौ तीज प्रतियोगिता आयोजना गर्दै आएको छ ।  

Next Post

चौथो स्थानमा रहेको नेपाली टोली स्वदेश फिर्ता

२२ भाद्र २०७५, शुक्रबार १५:०८
सदरलाइनडटकम, काठमाण्डौ : एशिया कप छनोट क्रिकेट खेलेर नेपाली टोली स्वदेश फर्केको छ । मलेशियामा सम्पन्न छनोट प्रतियोगितामा दुईमा जीत र तीन खेलमा हार बेहोरेको नेपाली क्रिकेट टोली शुक्रबार स्वदेश फर्केको हो । आयोजक मलेशिया र सिंगापुरलाई नेपालले पराजित गरेको थियो भने ओमन, संयुक्त अरब इमिरेट्स (युएई) र हङकङसँग हारेको थियो […]

सम्बन्धित