अटोरिक्सा दुर्घटनामा महिलाको मृत्यु

२२ भाद्र २०७५, शुक्रबार १३:४५
 

सदरलाइनडटकम,
नेपालगन्ज : अटोरिक्सा दुर्घटना हुँदा बाँकेमा एक महिलाको मृत्यु भएको छ । नेपालगन्जदेखि खजुरा जाँदै गरेको भे १ स ५७५४ नम्बरको अटोरिक्सा शुक्रवार बिहान दुर्घटना हुँदा नेपालगन्ज उपमहानगरपालिका १५ पिप्रहवा निवासी ६७ बर्षीया दलेखा दर्जीको मृत्यु भएको हो ।
धम्बोजीको खजुरा रोडस्थित कलभर्टमा अटोरिक्सा ठोक्किएरा दुर्घटना हुँदा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले बताए । दुर्घटनामा परी घाइते भएकी दर्जीलाई उपचारका लागि मेडिकल कलेज नेपालगन्ज लैजाँदै गर्दा मृत्यु भएको उनले जानकारी । अटोरिक्सा चालक नेपालगन्ज २१ का राजेन्द्र नाउलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Next Post

डिजाईनका लुगा तयार गर्दै बुटिक

२२ भाद्र २०७५, शुक्रबार १३:४५
सदरलाइन / करुणा शाह नेपालगन्ज  :  कुनै वेला आफुले मनले रोजेको डिजाईनको पार्टी वा क्यजुअल डे«स किनमेलका लागि काठमाण्डौ वा भारतको लखनउ जाने बाध्यता थियो तर, केही वर्ष यता त्यो बाध्यता टरेको छ । नेपालगन्जमा नै आफुले भनेको जस्तो डिजाईनका लुगा बुटिक मै तयार हुन थालेपछि त्यो बाध्यता टरेको हो […]