परियोजनाको स्वामित्व वडाले लिने प्रतिवद्धता

२१ भाद्र २०७५, बिहीबार १८:२८
 

सदरलाइनडटकम
नेपालगन्ज  : नेपालगन्ज उप–महानगर वडा नं. २ ले बालबालिकाको शैक्षिक अवस्थामा सुधार ल्याउन र बाल संरक्षणका लागि नेपालगन्जमा सञ्चालन भैरहेको सहयात्रा परियोजना सकिएपछि पनि सो परियोजना सबै स्वामित्व वडाले नै लिदै कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
बाल संरक्षण र शिक्षाका लागि सहयात्रा परियोजनाले हालसम्म वडा नम्बर २ का विद्यालय र समुदायस्तरमा गरेका सबै क्रियाकलाप निकै सराहनीय तथा उपलब्धीमूलक रहेको ठहर गर्दै ती सबै क्रियाकलापलाई निरन्तरता दिइने सो वडाका अध्यक्ष सुनिल सिंह हमालले बताए ।
विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म पुरयाउनुका साथै टिकाउन तथा शिक्षालाई गुणस्तर बनाउन र बाल संरक्षणका लागि बालमैत्री शासन लगायतका विभिन्न क्रियाक्लाप सहयात्रा परियोजनाले गरि रहेकोमा परियोजना सम्पन्न भएपनि ती सबै कामलाई वडा कार्यालयले निरन्तरता दिने उनको भनाई थियो ।
वडा नम्बर २ लाई बालमैत्री वडा बनाउने अभियान अन्तर्गत घरबारीटोलस्थित आधारभूत बिद्यालयमा विहिबार बसेको बैठकलाई सम्बोधन गर्दै वडा अध्यक्ष हमालले सहयात्रा परियोजना नरहे पनि परियोजनाले अघि सारेका सबै कामले निरन्तरता पाइरहने प्रतिवद्धता जनाका हुन ।
उनले आफ्नो वडालाई बालमैत्री बनाउने अभियान अन्तर्गत हालसम्म वडा बालमैत्री स्थानीय शासन समिति गठन गरिसक्नुका साथै बाल राहात कोष पनि स्थापना गरिसकेको बताए ।
सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबले नेपालगन्ज उपमहानगरपालिकाका ५ वटा शहरी गरिब बस्तीमा सहयात्रा परियोजना सञ्चालन गरिरहेकोमा आगामी डिसेम्बरबाट सो परियोजनाको अवधी सकिदै छ ।

Next Post

वडा अध्यक्ष आफै कस्सिए बाटो बनाउन

२१ भाद्र २०७५, बिहीबार १८:२८
सदरलाइनडटकम राप्तीसोनारी (बाँके) : बाँकेको राप्ती सोनारी–९ भेलनियामा सडक हिलाम्य हुँदा यातायातका साधन चलाउन कठिनाई भईरहेको जनगुनासो आएपछि वडा अध्यक्षले आफ्नै पहलमा सडक मर्मत गर्न सुरु गरेका छन् । बर्षाका कारण हिलाम्य भएको हुलाकी सडक बनाउनु पर्ने जिम्मेवार गणपति कन्स्ट्रक्सनले मर्मतको चासो नलिदा राप्नी सोनारी र नरैनापुर गाउँपालिकामा पर्ने सडक […]