प्रदेश ५ मा एकपालिका एक खेल मैदानको बजेट बिनियोजन

२० भाद्र २०७५, बुधबार १८:५६
 

सदरलाइनडटकम,
बुटवल : पाँच नं. प्रदेशका सबै स्थानीय तहमा खेल मैदान निर्माणका लागि प्रदेश सरकारले बजेट बिनियोजन गरेको छ । खेलकुदको विकास र सार्वजनिक जग्गाको अतिक्रमण रोक्न प्रदेश सरकारले ‘एक पालिका एक खेल मैदान’ कार्यक्रमअन्तर्गत ५५ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको हो ।
उक्त रकम स्थानीय तहलाई सशर्त अनुदानमा उपलब्ध गराइने आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव थानेश्वर गौतमले बताए । उनले प्रदेश ५ को १ सय ९ वटै स्थानीय तहका लागि बजेट बिनियोजन गरिएको जानकारी दिए ।
मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीको छलफलबाट ‘एक पालिका, एक खेल मैदान’को ‘कन्सेप्ट’ आएको भन्दै सचिव गौतमले अधिकांश स्थानीय तहले गाउँ र नगरसभाबाट पारित गरी खेल मैदानका लागि जग्गा छनोट र निर्माण प्रक्रिया अघि बढाएको बताए ।

Next Post

लोकप्रियको रक्तदानमा ३८ जनाले गरे रक्तदान

२० भाद्र २०७५, बुधबार १८:५६
सदरलाइनडटकम नेपालगन्ज  : नेपालगन्जबाट प्रकाशन हुँदै आएको लोकप्रिय सन्देश राष्ट्रिय दैनिकले स्थापनाको आठौ वर्ष प्रवेशसंगै सुरु गरेको रक्तदान कार्यक्रमको देस्रो श्रृंखला बुधबार आयोजना गरिएको छ । सो कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् । बुधबारको रक्तदान कार्यक्रममा प्रकाशक÷सम्पादक गोविन्द शर्मा, प्रबन्ध निर्देशक आकाश देवकोटा, उप–सम्पादक बिनोद भट्टराई, संवाददाता दिनेश ठाकुर, नेपाल […]