हत्याभियुक्त सात वर्षपछि पक्राउ

१९ भाद्र २०७५, मंगलवार १६:४२
 

सदरलाइनडटकम,
घोराही (दाङ) : हत्या गरेको आरोपमा दाङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । राप्ती गाउँपालिका १ भालुबाङ निवासी ३७ बर्षीय किरण भन्ने कुमबिर बुढालाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको हो ।
घोराही उपमहानगरपालिका १० बस्ने ३६ बर्षीय टेकबहादुर घर्तीको २०६८ असार २८ गते धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरि मंगलवार सार्वजनिक गरेको छ । रुकुम सिस्ने गाउँपालिका ४ घरभएका घर्ती घोराहीमा माछा र अल्लो धागोको व्यवसाय गर्दै आएका थिए ।
संयुक्त लगानीमा घर्ती र बुढाले व्यवसाय गर्दै आएको र तीन लाखको हिसावकिताब नमिलेपछि बुढाले घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्णहरी शर्माले बताए । ढोरपाटन वडा नं. ९ मा आलु खेती गर्दै आएका बुढालाई प्रहरी निरीक्षक धनदेव साउदको नेतृत्मा गएको टोलीले पक्राउ गरेको हो ।

Next Post

बीबीएसकी सर्वोत्कृष्ट छात्रा सम्मानित

१९ भाद्र २०७५, मंगलवार १६:४२
सदरलाइनडटकम, कपिलबस्तु : बीबीएस चौथो वर्षको परीक्षामा ५ नं. प्रदेशकी सर्वोत्कृष्ट छात्रा सालिनी पाण्डेको सम्मान गरिएको छ । कपिलबस्तु बहुमुखी क्याम्पस तौलिहवामा अध्ययनरत छात्रा पाण्डेको सम्मान गरिएको हो । ७८ दशमलव २० प्रतिशत अंक ल्याएर प्रदेशमै सर्वोत्कृष्ट भएकी उनलाई सम्मानस्वरुप अबीर लगाई खादा ओढाउनुका साथै तौलिहवा बजारको परिक्रमा गराइएको थियो । कार्यक्रममा […]

सम्बन्धित