नेगेटिभ रक्त समूहका नियमित दाता न्यूनहुँदा दाता खोज्नै समस्या

१८ भाद्र २०७५, सोमबार २०:२५
 

सदरलाइनडटकम 
नेपालगन्ज  : रक्त सञ्चार केन्द्र नेपालगन्जमा अत्यन्तै न्यून मात्रामा नेगेटिभ रगत समुहका रक्तदाता हुँदा सो रगतको आवश्यकता पर्ने विरामीको उपचारको लागि नियमित दाताको अभाव हुने गरेको छ ।
नेगेटिभ रगत समूहका नियमित दाताहरु अत्यन्तै न्यून हुँदा उपचारमा आउने विरामीलाई असहज हुने गरेको हो । रगत समूह ए, बि, एबी र ओ नेगेटिभ अत्यन्तै कम मानिसहरु हुने भएकोले सबै नेगेटिभ समूहको रगत आवश्यक पर्ने विरामीलाई दाता भेट्नै कठिन हुने गरेको हो ।
नेपालगन्ज रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले दिएको जानकारी अनुसार सबै नेगेटिभ समूहको रगत दुर्लभ भए पनि एबी नेगेटिभ समुहका अत्यन्तै न्यून मात्र दता भेटिने गरेका छन् । ‘रक्तसञ्चार केन्द्रमा सबै दाताहरुको सम्पर्क राखिएको छ । त्यो समूहको रगतको आएपछि उहाँहरुसंग संपर्क गरेर आवश्यकता पूर्ती गर्ने गरिएको छ’–उनले भने । उनले नियमित रक्तदान गर्ने रक्तदाताहरु अत्यन्तै थोरै भएको बताए । नेपालगन्जमा उपचारमा आउने विरामीको लागि नेगेटिभ रक्त समुहको रगत आवश्यक पर्दा रगत दिने दातालाई खोज्न नै धौ–धौ हुने अवस्था आउने गरेको छ ।



‘ओ नेगेटिभ रगत समुहमा दुर्लभ रहेको रक्त समुह हो यसका नियमित दाताहरु अत्यन्तै न्यून भएकोले कहिले काँही उपचारमा आउने विरामीलाई यो समूहको रगत आवश्यक पर्दा डोनर नभेटेर असहज हुने गरेको छ’–नेपागन्ज रक्त सञ्चार केन्द्रकी टेक्नेसियन सुनिता कुमाईले भनिन ।
नेपाल रेडक्रश रक्तसञ्चार केन्द्र नेपालगन्जमा ओ नेगेटिभ रगतको खोजीमा भौतारि रहेकी कैलाली की विरामी सिता कोईरालाको लागि रक्तदान गर्न आएका नेपालगन्ज–१० का मुक्तिनाथ ज्ञवालीले यो पटक समेत गरेर ३० पटक रक्तदान गरेको बताए ।
उनले भने–‘आफुलाई मेरो रक्त समूह अत्यन्तै रेयर हो भन्ने थाह छ तर, पनि विरामीको ज्यान जोगाउनको लागि शरिरको अवस्था हेरेर दिन मिल्ने हुँदासम्म दिदै आएको छु । अहिलेसम्म गरेर ३० पटक भयो ।’
उनले विरामीलाई आफ्नो रगतले सन्चो बनाएर अस्पतालबाट डिस्चार्ज भएको देख्दा आफ्नो  मन  हर्षले  विभोर हुने  गरेको  बताए । नेपालगन्जको रक्त सञ्चार केन्द्रमा  रहेको  तथ्याङ्क  हेर्दा ओ नेगेटिभ रक्त समूहका करिव १ सयको हाराहारीमा दाता रहेको भएपनि नियमित रक्तदान गर्ने दाता भने ४० को हाराहरीमा छन् । यसैगरी ए नेगेटिभ, एबि नेगेटिभ र बि नेगेटिभ रगत समूहका दाता पनि अत्यन्तै न्यून भएको रक्त सञ्चारको तथ्याङ्कले देखाएको छ । 

Next Post

एशिया कप छनोटबाट नेपाल बाहिरियो

१८ भाद्र २०७५, सोमबार २०:२५
सदरलाइनडटकम, काठमाण्डौ :  हङकङसँग पराजित भऐपछि नेपाल एशिया कप छनौटबाट बाहिर भएको छ । मलेशियाको राजधानी क्वालाम्पुरको ओभल मैदानमा जारी एसीसी क्वािलफायरमा नेपाल अन्तिम खेलमा पराजित भएपछि बाहिर भएको हो । हङकङले नेपाललाई तीन विकेटले पराजित गरेको छ । नेपालले दिएको ९५ रनको सामान्य लक्ष्य हङकङले ७ विकेट गुमाउँदै साढे ३२ […]