तेह्र लाख अवैध भारु नोटसहित एक पक्राउ

१८ भाद्र २०७५, सोमबार १६:२५
 

सदरलाइनडटकम,
बिर्तामोड  : अवैधरुपमा नेपाल भित्र्याइएको ठूलो परिमाणको भारतीय रुपैयाँसहित एक नेपाली पक्राउ परेका छन् । १२ लाख ८० हजार भारतीय रुपैयाँसहित ललितपुरका रवीन्द्र बज्राचार्य सोमवार पक्राउ परेका हुन् । भारतबाट काँकडभिट्टा नाका भई नेपाल छिरेका उनलाई मेची भन्सार कार्यालयले पक्राउ गरेको हो ।
बज्राचार्यको साथबाट ५०, १०० र २०० दरका नोट बरामद भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेकबहादुर अर्यालले बताए । शंका लागेर बज्राचार्यको झोला मेसिनबाट स्क्यान गर्दा ठूलो परिमाणमा भारतीय रुपैयाँ फेला परेको उनले जानकारी दिए ।
बिहान साढे ७ बजे पक्राउ परेका बज्राचार्यलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रमुख अर्यालले बताए ।

Next Post

हुण्डी कारोबारमा संलग्न पाँच पक्राउ

१८ भाद्र २०७५, सोमबार १६:२५
सदरलाइनडटकम, बीरगन्ज : अवैधरुपमा हुण्डी कारोबार गरेको आरोपमा वीरगन्जमा दुई भारतीयसहित पक्राउ परेका पाँचजनालाई पर्सा प्रहरीले सोमवार सार्वजनिक गरेको छ । हुण्डीमार्फत अवैधरुपमा वित्तीय कारोबार गरेको आरोपमा पक्राउ परेका पर्साका पवनकुमार गुप्ता, अजय मानन्धर, अजय जैसवाल र भारत विहारका शाबिर मियाँ र अशोक श्रीवास्तवलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो […]