६ किलो बढी यार्चासहित बुढा पक्राउ

१७ भाद्र २०७५, आईतवार १९:४६
 

सदरलाइनडटकम 
नेपालगन्ज  : बाँके प्रहरीले नेपालगन्ज विमानस्थलबाट छ किलो बढी यार्चागुम्बासहित एक जनालाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि जिल्ला बन कार्यालय बाँकेमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले शनिबार विहान समिट एयरको विमानमा डोल्पाबाट नेपालगन्ज आएका ठूलो भेरी नगरपालिका–६ का ३० वर्षिय श्रवणबहादुर बुढालाई ६ किलो सय ग्राम यार्चागुम्बा र सो तौल गर्न आवश्यक पर्ने डिजिटल तराजु सहित नियन्त्रणमा लिएको जानकारी दिए ।
प्रहरी नियन्त्रणमा परेका बुढासंग सो यार्चागुम्बाको छुटपूर्जी लगायतको कुनै पनि कागजपत्र नभएको कारण नियन्त्रणमा लिएर उनलाई आवश्यक अनुसंधान गरी थप कारवाहीको लागि जिल्ला बन कार्यालय बाँकेमा बुझाईएको प्रहरी उपरिक्षक पौडेलले जानकारी दिए ।
यसैबीच जिल्ला बन कार्यालय बाँकेका निमित्त प्रमुख बन अधिकृत गणेशबहादुर खड्काले छ किलो सय ग्राम यार्चासहित डुढालाई प्रहरीले कार्यालयमा बुझाएको बताए । उनले म्याद थप गरेर आवश्यक अनुसंधान अघि बढाएको जानकारी दिदै भने–‘डोल्पाबाट नेपालगन्ज आएका बुढाको साथमा रहेको ६ किलो सयग्राम यार्चासहित प्रहरीले शनिबार साँझ ४ बजे तिर बुझएको र उनलाई आवश्यक अनुसंधानको लागि म्याद थप गरी सकिएको छ ।’ उनले बुढालाई बन ऐन अन्तरगत मुद्दा चलाईने जानकारी दिए ।

Next Post

१८ भाद्र २०७५ सोमवारको राशिफल

१७ भाद्र २०७५, आईतवार १९:४६
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) Ariesआत्मविश्वासको कमीले काममा पछि परिनेछ। अर्थ अभावले पनि अलि सताउन सक्छ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। प्रयत्न गर्दा बोलीको प्रभावले काम बनाउन सकिनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुन सक्छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। सहयोगीहरूले साथ दिनेछन् […]

सम्बन्धित