जन्माष्टमी पर्व हर्षोल्लासका साथ मनाईंदै

१७ भाद्र २०७५, आईतवार १५:३२
 

सदरलाइनडटकम,
नेपालगन्ज : श्रीकृष्ण जन्माष्टमी पर्व आइतवार देशभर भगवान कृष्णको पूजा गरी मनाइँदै छ । भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरमा श्रद्धालुको भीड रहेको छ । नेपालगन्जको बागेश्वरीलगायतका मन्दिरहरुमा पनि भक्तजनको घुईंचो छ । श्रद्धालुहरुले आइतवार व्रत बसेर भगवान् श्रीकृष्णको पूजा आराधना गरी जन्माष्टमी पर्व श्रद्धाभक्तिपूर्वक मनाउँछन् ।
श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकाल्ने चलन पनि छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमी अर्थात् आज मध्यरात्रिमा भएकोले आजको दिनलाई मोहरात्री पनि भनिन्छ । भगवान् विष्णुको अवतारको रुपमा वासुदेव र देवकीको कोखबाट जन्मिनु भएका श्रीकृष्णले अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवको रक्षा गरेको धार्मिक विश्वास रहिआएको छ ।
कुरुक्षेत्रमा कौरवहरूसँगको लडाईमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई श्रीकृष्णले दिएको उपदेश ‘श्रीमदभागवतगीता’को रुपमा पुजिन्छ ।
उता, कृष्ण जन्माष्टमीका अवसरमा प्रदेश २ मा आइतवार सार्वजनिक बिदा दिइएको छ । जन्माष्टमी पर्व मनाउनका लागि प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । प्रदेश मन्त्रीपरिषदको बैठकले कृष्णाष्टमीका अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

Next Post

सडक दुर्घटनामा सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

१७ भाद्र २०७५, आईतवार १५:३२
सदरलाइनडटकम, कञ्चनपुर : सडक दुर्घटनामा परी कञ्चनपुरमा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिकाक ११ कलुवापुर नजिक शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका सहायक हवल्दार हरिश भट्टको मृत्यु भएको हो । महेन्द्रनगर आउँदै भीमदत्तनगरपालिका–१८ का भट्टको मोटरसाइक दुर्घटनामा परेको हो । कैलालीको टिकापुरबाट से २ प ९६६९ […]