शैक्षिक महोत्सवमा बाह्र लाख बढी संकलन

१६ भाद्र २०७५, शनिबार १८:५७
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका वडा नं. ३ सन्तकुटीस्थित जनता नमूना माविलाई स्मार्ट विद्यालय निर्माणका लागि सञ्चालित शैक्षिक तथा धार्मिक महोत्सवमा दानवीरको उत्साहजनक सहभागिता रहेको छ ।
भदौ १३ गतेदेखि सञ्चालन गरिएको श्रीकृष्ण जन्माष्टमी शैक्षिक तथा धार्मिक महोत्सवमा वडा नं. ३ का अध्यक्ष कान्तुराम गौतमले द्वन्द्वकालमा वेपत्ता पारिएकी आफ्नी छोरी प्रतिभा गौतमको नाममा १ लाख रुपैयाँको अक्षयकोष खडा गरेका छन् ।
उनले महोत्सवमा ५१ हजार रुपैयाँ पनि दान गरेको महोत्सव आयोजक समितिका अध्यक्ष टंक पोख्रेलले जानकारी दिए । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले उद्घाटनकै दिन ५१ हजार १ सय ५१, पूर्वमन्त्री दलबहादुर सुनारले २१ हजार रुपैयाँ दान गरेको अध्यक्ष पोख्रेलले बताए । उनका अनुसार आगामी भदौ २० गतेसम्म सञ्चालन हुने महोत्सवमा दानवीरहरुको उत्साहजनक सहभागिता रहेको छ ।
जनता माविका प्रधानाध्यापक शशिराम कार्कीले ४१ हजार, खजुरा क्यान्सर अस्पताल विकास समितिका सदस्य भुवन गैरेले २१ हजार, खजुरा क्षेत्रका स्रोत व्यक्ति टंकनाथ दाहालले ११ हजार, समाजसेवी तथा शिक्षाप्रेमी कमला काउचाले ११ हजार दान गरेका छन् । अध्यक्ष पोख्रेलले नमूना विद्यालयलाई अझ स्मार्ट बनाउने उद्देश्यले शुरु गरिएको पवित्र कार्यमा हालसम्म १२ लाख बढी संकलन भएको जानकारी दिए ।
विहान ७ देखि अपरान्ह ४ बजेसम्म र बेलुका ७ देखि १० बजेसम्म कथावाचन हुने गरेको उनले बताए । चर्चित कथावाचक बालकृष्ण अर्यालले कथावाचन गरिरहेका छन् । २०२९ सालमा स्थापना भएको जनता नमूना मावि खजुराको शैक्षिक क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको विद्यालय हो ।

Next Post

‘सशक्त’ शिवकुमार

१६ भाद्र २०७५, शनिबार १८:५७
वर्षौदेखि नेपाली कम्युनिष्ट कार्यकर्ताको सपना पुरा भएको छ । नेकपा एमाले र नेकपा माओबादी केन्द्रको एकिकरणपछि कम्युनिष्ट कार्यकर्ता विचमा हर्षको लहर पैदा भयो । विगतदेखि बहुमत कम्युनिष्ट टुक्रा टुक्रामा विभाजित थियो । नेपाल कम्युनिष्ट पार्टी निर्माण पछि नेपालमा ऐतिहासिक बहुमत प्राप्त सरकार समेत बनेको छ । यससंगै जिल्लामा हुने पार्टीको […]