एशिया कप छनोट क्रिकेटमा नेपालको पहिलो जीत

१६ भाद्र २०७५, शनिबार १६:४१
 

सदरलाइनडटकम,
नेपालगन्ज : एशिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जीत हात पारेको छ । १ सय ८९ रनको लक्ष्य पछ्याएको घरेलु टोली मेलेशियाले ९ विकेटको क्षतिमा १ सय ६९ रन बनाएपछि नेपाल १९ रनले विजयी भएको हो । लगातार दुई खेलमा पराजित भएको नेपाल शनिवार तेस्रो खेलमा पहिलो जीत हात पार्न सफल भयो ।
पानी परेपछि ३० ओभरमा छोट्याइएको खेलमा नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । खराब शुरुआत गरेको नेपाललाई मोहम्मद आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले सफलताको बाटोमा डोर्याएका थिए । आज पनि नेपालको ओपनिङ अर्डर चल्न सकेन् ।

Next Post

डेढलाख बराबरको कुखुरा नष्ट

१६ भाद्र २०७५, शनिबार १६:४१
सदरलाइनडटकम, नेपालगन्ज : भारतबाट अवैधरुपमा भित्र्याइएको ठूलो परिमाणमा बोइलर कुखुरा शनिवार सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वार्टर राजश्व तथा भन्सार गस्ती सुरक्षा बाँके नं. ४० गुल्मबाट सशस्त्र प्रहरी नायब निरीक्षक द्रोणबहादुर बुढाको नेतृत्वमा गएको टोलीले करीब ८ सय किलो कुखुरा बरामद गरेको हो । नेपालगन्ज […]