वडाले दिनेभयो निशुल्क सेवा

१३ भाद्र २०७५, बुधबार १८:०७
 

कालिकोट, कालिकोटको शुभकालिका गाउँपालिकाको वडा नं. ५ ले वडाबाट दिईने एक दर्जन बढी सेवालाई निशुल्क बनाएको छ । ‘भष्ट्रचार विरुद्धको चाल, असल शासनको बहाल’ भन्ने मुल नाराका साथ शुभकालिका गाउँपालिका वडा नं.५ ले आफ्नो छुट्टै निति नियम बनाएको छ ।
विभिन्न स्थानीय सरकारहरूले कर वृद्धि गरिरहेको बेला शुभकालिकाको वडा नं. ५ ले भने नागरिकमैत्री सेवा दिने भएको छ । वडाबाट प्रदान गरिने सम्पुर्ण सेवा सुविधाहरूमा कुनै पनि किसिमको शुल्क नलाग्ने वडा अध्यक्ष केशनबहादुर शाहीले बताएका छन् । जन्म, मृत्यु, विवाह, बसाइसराई, सम्बन्ध विच्छेद, नक्सा पास लगाएतका जुनसुकै सिफारिस गर्दा कुनै पनि शुल्क नलिईने अध्यक्ष शाहीले बताए । उनका अनुसार वडाले सिफारिस सम्बन्धिका १४ वटा सेवा निशुल्क दिने भएको हो ।

Next Post

हस्तान्त्रण नहुँदै सडक जिर्ण बनेपछि उप–महानगरद्वारा मर्मत शुरु

१३ भाद्र २०७५, बुधबार १८:०७
सदरलाइनडटकम नेपालगन्ज  : एशियाली विकास बैंकको आर्थिक सहयोगमा निर्मित जमुनाह–राँझा सडकखण्डको सुर्खेतरोड फोरलेन सडकमा हस्तान्त्रण नहुँदै अत्याधिक खाल्टाखुल्टीका कारण सडक दुर्घटनाको जोखिम बढेको भन्दै उप–महानगरपालिकाले आफ्नै पहलमा मर्मत सुरु गरेको छ । नेपालगन्ज उप–महानगरका कार्यबाहक मेयर प्रमोद रिजालले मंगलबार विहान सुर्खेतरोडमा जमुनाहदेखि राँझाचोकसम्म रहेका खाल्टाखुल्टीका कारण सडक दुर्घटनाको जोखिम बढेको […]