किशोरी तथा महिलाको रोजाई ‘बुटिक’ फेशन

१३ भाद्र २०७५, बुधबार १५:०८
 

सदरलाइन / करुणा शाह
नेपालगन्ज  : नेपालगन्ज भृकुटीनगर की ३० वर्षिया माया डाँगी पौडेल प्राय zसबै कपडा बुटिक मै तयार पारेको लगाउन मनपराउछिन । बुटिकमा तयार गरिएका कपडा स्टाइलिस्ट जिशनेवल, कलर कम्बिनेशन मिलाईएको हुन उनको सोच भएको कारण उनी आफ्नो पहिरन जति बुटिक मै तयार गर्न लगाउछिन् ।
बाहिरको सजावट र चड्क भडकको कारण बुटिकमा तयार पारिएका पोषाक महंगो हन्छ भन्ने सोचाईलाई चिर्दै उनी भन्छिन–‘हुँदैन महगो बुटिकको कपडा । मैले आफुले चाहेको दररेटमा कपडा बुटिकमै कपडा पाउने भएकोले अनेत्र किन चाहार्दै दुख पाउनु ।’ बुटिकको साडी प्याचिङ्ग गरेको, कलर कम्बीनेशन लेस सबै भन्दा मनपर्ने उनलाई, साडी संगसंगै वनपिस कुर्ता, सल्वार पनि उनी बुटिकै उनले लगाउने गरेकी छन् ।
नेपालगन्ज वाइपासरोडकी मञ्जली शाहले आफु र छोरीका सबै आफ्नो कपडा बुटिक मै तयार पारेको मात्रै लगाउने गरेको बताउछिन् । उनले छोरी आरशियाको लागि पनि ‘बज् फेसन बुटिक’मा पुग्ने गरेको बताईन । उनी भन्छिन–‘ आफुले रोजेको, भनेको जस्तै डिजाईनमा ‘बज् फेसन बुटिक’मा नै पाईने भएकोले हाम्रो रोजाईको ठाँउ ‘बज् फेसन बुटिक’ बनेको हो । भनेको जस्तो डिजाइनका व्याग, चश्मा कुर्तासरवालको सबैखाले पिस, साडीहरु, एसोसरीसका लागि ‘बज् फेसन बुटिक’मा पुग्छु ।’ उनले सबै पर्व होस वा विभिन्न खाले जमघटका लागि आवश्यक पर्ने लुगा ‘बज् फेसन बुटिकबाटै तयार गराउने गरेको बताईन ।
नेपालगन्जमा सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रचना श्रेष्ठ पनि शिल्क बुटिकको नियमित ग्राहक भएको बताउछिन् ।
श्रेष्ठ भन्छिन्–‘ म त सबै सामान शिल्क बुटिकमा नै लिने गर्छु चाहे नर्मल होस या पार्टी वयर सबै बुटिकको कपडा नै प्रयोग गर्ने गरेकी छु ।’ श्रेष्ठले आफु समाजसेवी महिला भएको र कहाँ कस्तो पहिरन लगाउनु पर्छ सबै ख्याल गर्दै कहिले काँही पार्टीमा जादा वानपीस, गाउन लगाउछु । राजनीतिक पार्टीमा जाँदा सोभर किसिमको प्रिन्टेट साडी या बर्डर वाला धोती लगाउछु, सबै मेरो पहिरन शिल्क बुटिकमा तयार हुन्छ । कलर कम्बीनेसन, स्कीन म्याच आदी सबै नियालनु पर्छ बुटिक संचालकले ।
नेपालगन्ंज फल्टेक्रा की २२ वर्षिय गृहणी पुनम अधिकारी ८५ किलो वजनकी छिन उनी अविवाहीत हुदाँ पनि शारिरिक बनावट मोटो नै थिइन दाङ घोराही माईती भएकी अधिकारी दाङमा पन्ना बुटिकले तयार पारेका कपडा लगाउथिन भने विवाहपछि पहिरन बुटिक नेपालगन्जको कपडा लगाउने गरेको बताईन ।
‘म साह्रै मोटी छु तर पहिरन बुटिको डिजाइनर रस्मी श्रेष्ठले तयार गरेको कपडा आफुलाई एकदमै ‘कम्फर्ट’ सजिलो सुहाउने र जिउ पनि पातलो देखाउने, वहाँले आफै कलर चुज र डिजाईन गरिदिने भएकोले पहिरन मै जाने गरेकी छु’– उनले भनिन् ।
करिव ५ वर्ष यता नेपालगन्जमा महिलाको पहिरनको लागि लक्षित गरी बुटिकको व्यापार सुरु गरिएको छ । बुटिकको व्यापार फस्टाउदो पनि छ नेपालगन्जमा सबैभन्दा पहिला बुटिकको कन्सेप्ट १५ वर्ष पहिला भित्रयाउने ‘बज् फेसन बुटिक’ संचालक स्मीता राणा हुन । तर, अहिलेको बुटिक र १५ वर्ष पहिलाको बुटिकको अवस्था र परिवेश फरक रहेको स्मीता राणाको भनाई छ । ‘त्यति बेला ग्रहक कम थिए, सबै सामान महंगो हुन्थ्यो, भिआईपी ग्राहक मात्र बुटिकको कपडा लगाउथे । बलाउजमा सितारा, कढाई गर्ने, साडीको आँचलमा सितारा कढाई गर्ने, धुम्टोमा कढाई मात्र काम हुन्थ्यो, गाउन, वानपीसको चलन नै थिएन, अहिले त ग्राहकको चाहनामा हामीले सबै तयार गर्छौ व्यापार राम्रो छ मानिसहरु फेशनेवल हुँदैछन’–उनले भनिन् ।
नेपालगन्जमा अहिले एएच बुटिक न्यूरोड, सिएस फेशन बुटिक न्यूरोड, श्रृष्टी बुटिक, प्रकृतिक बुटिक, प्लानेट बुटिक, क्रेटिभ बुटिक, बज् फेसन बुटिक, आकपर्ण बुटिक, मिरर द फेशन स्टुडियो, इम्प्रेसन बुटिक, शिल्क बुटिक, भिभा बुटिक र कोहलपुरमा २ वटा गोल्डेन थ्रेट बुटिक र ग्रायब दी फसेन बुटिक रहेका छन ।  

Next Post

वर्षातले घर भत्किँदा सल्यानमा पाँचको मुत्यु, एक घाइते

१३ भाद्र २०७५, बुधबार १५:०८
सदरलाइनडटकम, सल्यान : सल्यानमा घर भत्किँदा घरका पाँच सदस्यको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । वागचौर नगरपालिका ४ सिमाखोली सेतीेगुराँस गाउँमा घरको देवाल भत्किँदा एकै घरका पाँच जनाको मृत्यु भएको हो । अविरल वर्षाका कारण मंगलवार राती देवाल भत्किँदा ४० वर्षीय रामसिंह कामी, ३५ वर्षीया रामकला, सात वर्षीया […]

सम्बन्धित