स्टिभ जब्सले बनाएको एउटा कम्प्युटर ३ करोडमा बिक्ने

१२ भाद्र २०७५, मंगलवार १८:१२
 

सूचना प्रविधिको अहिलेको युगमा मानिसहरु अत्याधुनिक र उत्कृष्ट फिचरयुक्त कम्प्युटर तथा अन्य ग्याजेटका लागि जुनसुकै मूल्य चुकाउन पछि पर्दैनन् । तर नयाँपनको यो दौडमा कतिपय दशकौँ पुराना चिजहरु पनि अमूल्य बनिदिन्छन् ।

एप्पल कम्पनीले सुरुवाती चरणमा निर्माण गरेका कम्प्युटर अहिले निकै दुर्लभ मात्र होइन बहुमुल्य नै बनिसकेका छन् । एप्पलको त्यहीँ ओरिजिनल तथा दुर्लभ सुरुवाती कम्प्युटर छिटै नै निकै महंगो मूल्यमा लिलाम हुँदैछ ।

एप्पलको सुरुवाती कम्प्युटर ३ लाख डलर अर्थात् ३ करोड रुपैयाँभन्दा बढी मूल्यमा लिलाम हुन लागेको बताइएको छ ।

सायद अहिले दुनियाँमा यति महँगो साधारण कम्प्युटर कतै पनि छैन र यति मूल्यमा त महँगो कार पनि किन्न सकिन्छ । तर एप्पलको अहिले कुनै काम नै नभएको त्यो बुढो कम्प्युटरले मूल्यका सबै मानक भत्काउँदैछ ।

एप्पलको त्यो कम्प्युटर यस अर्थमा पनि विशेष र बहुमूल्य छ कि यो एप्पलका संस्थापकहरु स्टिभ जब्स र स्टिभ वोज्नियाक आफैंले बनाएका हुन् । यसलाई एप्पल वान कम्प्युटर भनिन्थ्यो ।


जब्स र वोज्नियाकले झण्डै २ सय गोटा एप्पल वान कम्प्युटर बनाएका थिए । यसलाई बाइट शप नाम दिइएको थियो । क्यालिफोर्नियामा रहेको विश्वकै पहिलो पर्सनल कम्प्युटर स्टोर बाइट शपका लागि बनाइएका हुँदा एप्पल वान कम्प्युटरलाई बाइट शपको नामले पनि चिनिन्थ्यो ।

अमेरिकाको बोस्टनमा रहेको आर आर अक्सन्स नामक लिलामघरले एप्पल वान कम्प्युटरको लिलामी गर्न लागेको छ । कम्पनीले भनेको छ- यो एप्पल वान कम्प्युटर चालू हालतमा छ । गत जून महिनामा एप्पल वान विज्ञ कोरी कोहेनले यसको मर्मत गरी यसलाई ओरिजिनल तथा चल्ने अवस्थामा पूराएका हुन् । क्रेताको अनुरोधमा यसको भिडियो पनि उपलब्ध गराउन सकिन्छ । साथै यसको विस्तृत प्राविधिक अवस्थाको रिपोर्ट पनि लिलाम सकार गर्ने क्रेतालाई उपलब्ध गराइनृछ । उनका अनुसार यो कम्प्युटरले अहिले यसको प्राविधिक अवस्थाका आधारमा १० पूर्णांकमा साढे ८ नम्बर पाएको छ ।’

८ घण्टासम्मको लगातारको परीक्षणका क्रममा यो कम्प्युटर कुनै व्यवधान वा समस्या विनै सञ्चालन भएको कम्पनीले जनाएको छ ।

यो शक्तिशाली कम्प्युटरले के प्रष्ट पारेको छ पनि सुरुवातदेखि नै एप्पलले शक्तिशाली तथा सक्कली सामान बनाउँदथ्यो । त्यतिबेलै एप्पलसँग दुनियाकै शक्तिशाली मध्येको एक मेसिन थियो । अहिले यसको कार्यात्मक उपादयता नहुन सक्दछ । तर यो प्रविधि क्षेत्रको एक स्वर्णीम इतिहासको द्योतक हो ।

एजेन्सीको सहयोगमा

Next Post

स्मरण क्षमता बढाउने प्रभावकारी काइदा, यी हुन् ८ तरिका

१२ भाद्र २०७५, मंगलवार १८:१२
हामीलाई सधै एउटा प्रश्नले घेरा हालिरहेको हुन्छ, ‘कसरी सफल हुने ? कसरी प्रगति गर्ने ?’ वास्तवमा कुनैपनि कर्ममा सफलता हासिल गर्नका लागि शारीरिक र मानसिक लगाव, सक्रियता, दृढता, आत्माविश्वास आवश्यक हुन्छ । सही ढंगले तय गरिएको योजनालाई उत्तिकै कुशलतापूर्वक निर्वाह गरेर हामी प्रगतिपथमा लम्कन सक्छौं । अतः यसका लागि हामीसँग […]