कचनापुरका २० घरधुरी भए सुकुमबासी

११ भाद्र २०७५, सोमबार १९:२७
 

सदरलाइन / रुद्र सुवेदी,
नेपालगन्ज  : बाँकेको राप्तीसोनारी गाउपालिका–२ मदुई कचनापुर क्षेत्रमा राप्ती नदीले धार परिवर्तन गर्दा करिव २० घरधुरीको घरबास नै उठेको छ । नदी कटानको अवस्था बुझ्न मदुई पुगेकी बाँके निर्वाचन क्षेत्र नं.१ (क) बाट निर्वाचित सांसद कृष्णा केसीसंग गुनासो गर्दै स्थानीय विजा बुढाथोकीले भनिन–‘ तीन वर्ष अघिदेखि राप्ती नदीले बहावको धार परिवर्तन गर्दै गाउँतिर सोझिन लागेको भन्दै पटक–पटक तटबन्धको लागि विभिन्न निकायमा धाउदा धाउदै घरबासै उठिबास भयो तर,सुनुवाई भएन ।’
तीनवर्ष अघिसम्म डेढ विगाह जमिनको मालिक रहेको बुढाथोकी परिवारको यतिबेला उनीहरुको सबै जमिनमा नदी बगेको छ । नदी बगेको ठाँउ देखाउदै उनले भनिन–‘अहिले नदी बगेको ठाँउ जति मेरो लालपुर्जमा रहेको जमिन हो । पाँच जनाको परिवार सम्पत्ति भएर पनि सुकुम्बासी जस्तो भएर उठीबास हुनु पर्यो ।’
नजिकै रहेका भोला बुढाले आफ्नो ७ कठ्ठामा रोपेको धानको खेतमाथि हेर्दा हेर्दै राप्ती बग्न थालेको बताए । उनले भने–‘धान रोपेको पहिलो हप्तादेखि नदीले कटान सुरु गरेको हो । हेर्दाहेर्दै सबै जमिन काट्न थालेपछि रोपेर गाँझिएको धान काटेर गाईवस्तुलाई हाल्यौ अहिले त आफ्नो भन्ने एकधुर पनि जमिन बाँकी छैन ।’
भोलाले ७ जनाको परिवारको पालन पोषण गर्दै आएको खोती योग्य जमिन एकधुर पनि बाँकी नभए पछि गुजरा कसरी चलाउने भन्ने चिन्ताले सताएको दुखेसो पोखे ।
उनका छिमेकी ढोली बुढाथोकीको पनि दुखेसो भोलाको जस्तैछ । भएको ७ कठ्ठा जमिन सबै नदीले ओगट्यो अव आफ्नो ६ जनाको परिवार लिएर कहाँ जानु । ‘गाजीएर पसाउन थालेका धान केही नदीले बगायो केही काटेर गाईलाई हालियो अव न खेत छ न खेती नै ६ जनाको परिवार कसरी पाल्ने ? यै चिन्ताले सताएको छ’–उनले भने ।
राप्ती सोनारी वडा नं. २ का वडा अध्यक्ष मदन ओलीले राप्ती नदीले धार परिवर्तन गरेको कारण तीन साताको अन्तरालमा मात्रै सो क्षेत्रमा करिव ५० विगाह भन्दा बढी खेतीयोग्य जमिन काटान गरी नदी गाउतिर आउन लागेको कारण बस्ती नै जोखिममा रहेको बताए ।
उनले नदीले तीन वर्षदेखि बहावको धार परिवर्तन गर्न थालेको कारण आफु निर्वाचित भएर आएदेखि नदीको कटान रोक्नको लागि तटबन्धको लागि जनताको तटबन्ध तथा विभिन्न निकायमा धाउदा पनि सुनुवाई नभएको गुनासो गर्दै उनले नदी कटानको कारण सो ठाँउका २० घरधुरीको उठीबास भएको बताए । ‘करिव २० घर धुरीको खेतीयोग्य जमिन सबै नदीमा भएको र घरबासको लागि पनि समस्या भएको छ ।’
यसैबीच प्रदेश सभा सांसद कृष्णा केसी नमुनाले राप्ती नदीको तटबन्धका लागि छुट्टै परियोजना सञ्चालन गरी समस्याको समाधान गर्ने तयारी रहेको बताईन । उनले भनिन–‘ राप्ती नदीको कटान रोक्नको लागि छुट्टै परियोजना तयार गरेर तटबन्धको साथै नदीले कटान गरेको जमिनको विकासको लागि प्रदेश तथा केन्द्र सरकारबाट विशेष पहल गर्ने छु ।’
उनले पहिलो प्राथामिकताको आधारमा नदीले उठीबास लागाईएकाहरुको पुनस्थापना गर्नको लागि शहरी विकास मन्त्रालय मार्फत एकीकउत बस्ति विकास गर्नको लागि आफुले पहल समेत गरेको जानकारी दिईन ।

Next Post

जनअपेक्षा अनुसार काम गर्न प्रधानमन्त्रीको निर्देशन

११ भाद्र २०७५, सोमबार १९:२७
सदरलाइनडटकम, काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिहरुलाई जनअपेक्षा अनुसार काम गर्न निर्देशन दिएका छन् । नेपाल नगरपालिका संघको छैठौं राष्ट्रिय अधिवेशनको मंगलवार काठमाडौंमा उद्घाटन गर्दै उनले जनअपेक्षा अनुसार काम गर्न निर्देशन दिएका हुन । जनतालाई सेवा दिन स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भन्दै ओलीले कुनैपनि बहानामा जनताको काम ढिलो नगर्न […]

सम्बन्धित