
सदरलाइनडटकम,
नेपालगन्ज : नेपालगन्ज उप–महानगरको प्रवक्तामा वडा नं. १ का वडा अध्यक्ष समेत रहेका प्रमोद रिजाल चयन भएका छन् । नगर कार्यपालिकाको सोमबार बसेको बैठकले उनलाई प्रवक्तामा चयन गरेको हो ।
स्थानीय सरकारको रुपमा रहेको उप–महानगरपालिकाका तर्फबाट आधिकारिक धारणा प्रवक्ता मार्फत सार्वजनिक गर्नका लागि वडा अध्यक्ष रिजाललाई प्रवक्ता चयन गरिएको नेपालगन्ज उप–महानगरपालिकाले जनाएको छ ।
कानून व्यवसायी पृष्ठभूमी भएका वडा अध्यक्ष रिजाल सामाजिक अभियन्ता समेत हुन् । रिजाल तत्कालिन नेकपा एमालेका तर्फबाट वडा अध्यक्षमा विजयी भएका थिए ।