कर्णालीमा ७७ प्रतिशत किशोरी छाउगोठमै बस्छन्

९ भाद्र २०७५, शनिबार १४:५७
 

सुर्खेत, कर्णाली प्रदेशमा ७७ प्रतिशत किशोरीको छाउगोठमै बास हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

छाउपडी उन्मूलनका क्षेत्रको काम गर्दै आएको एक संस्थाको तथ्याङ्कअनुसार छुईअर्थात् महिनावारी भएका ७७ प्रतिशत किशोरीले छाउगोठमा बस्ने गरेका छन् ।

कर्णालीमा महिनावारी भएकै कारण २८ प्रतिशत किशोरीले विद्यालय छोड्ने गरेको एक्सनबक्र्स नेपाल संस्थाले अध्ययन गरी सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

छाउपडी सामाजिक कुसंस्कार हो भन्ने जान्दाजान्दै पनि विद्यालय उमेरकै ७७ प्रतिशत किशोरी छाउगोठमै बस्न बाध्य भएको संस्थाका कार्यक्रम संयोजक सोमराज जिसीले जानकारी दिए ।

उनका अनुसार अध्ययनले महिनावारी भएको समयमा घरभित्र बस्दा देउता रिसाउने डरले किशोरी अझै पनि छाउगोठमै बस्न बाध्य भएको तथ्याङ्क देखाउँछ ।


सार्वजनिक भएको तथ्याङ्कअनुसार कक्षा छदेखि १२ सम्मका समूहका महिलाले नै छाउगोठमा बस्ने गरेका हुन् । महिनावारी भएको समयमा ८५ प्रतिशत महिला दिदीबहिनीेले दहीदूध खान पाएका छैनन् भने ९१ प्रतिशत महिलाले भान्सामा प्रवेश नपाएको अध्ययनले देखाएको जिसीले बताए ।

५३ प्रतिशत महिलाले धार्मिक तथा सांस्कृतिक कारणले छाउबार्ने गरेका छन् । छाउपडी प्रथा उन्मूलनका लागि विभिन्न गैरसरकारी निकायले विभिन्न समयमा गरेको जनचेतनामूलक कार्यक्रमसमेत प्रभावकारी देखिएको छैन ।

कर्णालीका ६० प्रतिशत महिलालाई सरकारी नीतिनै थाहा नभएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

 

रासस

Next Post

अनियमितताका बारेमा छानविन शुरु

९ भाद्र २०७५, शनिबार १४:५७
डडेल्धुरा, डडेल्धुरामा मुक्त हलिया पुनःस्थापना कार्यक्रममा आर्थिक अनियमितता भएको भनी परेको उजुरीका बारेमा छानबिन शुरु भएको छ । हलिया पुनःस्थापना कार्यक्रममा भएको अनियमितताका बारेमा भूमिसुधार व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठन गरेको टोलीले डडेल्धुरा पुगेर छानबिन शुरु गरेको हो । जिल्लामा मुक्तहलिया पुनःस्थापना कार्यक्रममा आर्थिक अनियमितता भएको भन्दै जिल्ला […]