प्रहरीले गोली चलाउँदा कञ्चनपुरमा एकको मृत्यु, केही घाइते

८ भाद्र २०७५, शुक्रबार १९:१०
 

सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरमा शुक्रवार प्रहरीले आन्दोलनकारीलाई लक्षित गरी गोली चलाउँदा एक बालकको मृत्यु भएको छ । निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै शुक्रवारको आन्दोलन काबुभन्दा बाहिर जान थालेपछि प्रहरीले चलाएको गोली लागेर १२ वर्षीय बालक चेतन भट्टको मृत्यु भएको हो ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले प्रदर्शनकारीलाई नियन्त्रण गर्न गोली चलाइएको बताए । गोली लागेर केही आन्दोलनकारी घाइते भएपनि संख्या यकिन नभएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण ओझाले जानकारी दिए ।
आन्दोलनकारीले प्रशासन कार्यालयमा तोडफोड गर्न खोज्दा गोली चलाउनु परेको उनले बताए । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयलाई लिएर स्थानीयबासी आक्रोशित भएपछि कञ्चनपुर तनावग्रस्त बनेको छ ।

Next Post

उच्च प्रविधियुक्त नर्सरी स्थापना

८ भाद्र २०७५, शुक्रबार १९:१०
सुर्खेत, कर्णाली प्रदेशका २४ निर्वाचन क्षेत्रमा उच्च प्रविधियुक्त नर्सरी स्थापना गरिने भएको छ । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालले यस प्रदेशका २४ निर्वाचन क्षेत्रमा सो नर्सरी स्थापना गर्न लागेको हो । चालु आवको बजेटमार्फत् प्रदेश अन्तर्गतका १० जिल्लामा रहेका प्रदेशसभा निर्वाचन क्षेत्रका २४ निर्वाचन क्षेत्रमा एक/एक पर्ने […]