शाहिद कपुरलाई दोस्रो बच्चा र फिल्म रिलिजको चटारो

७ भाद्र २०७५, बिहीबार १५:५१
 

बलिउड अभिनेता शाहिद कपुर र उनकी पत्नी मिरा दोस्रो बच्चाको प्रतिक्षामा छन् । मिराले एक महिनापछि बच्चा जन्माउँदैछिन् । यही बेला शाहिद कपुरको फिल्म ‘बत्ती गुल मिटर चालु’ रिलिज हुँदैछ । त्यसैले उनलाई दोहोरो चटारो छ । आफ्नो फिल्मको प्रमोसनलाई समय दिने कि कगर्भवती श्रीमतीलाई ?

शाहिदले दोस्रो सन्तानको आगमन अगाडि आफू केही नर्भस बनेको बताए । ‘फिल्म आउने र बच्चा आउने समय जुधेकाले म अलिकति नर्भस छ,’ उनले एक अन्तरवार्तामा भने, ‘आशा गर्छु कि दुवै तर्फ कुनै कम्प्लेन नआउने गरी समयको व्यवस्थापन गर्नेछु ।’


शाहिद र मिराकी पहिलो सन्तानको रुपमा जन्मिएकी छोरी मिसा सानै छिन् । पहिलो छोरी नहुर्किकन उनीहरुले दोस्रो सन्तानको गृहकार्य गरेका हुन् । दुई सन्तान नहुर्किँदासम्म मिरा पूर्णरुपमा एउटी आमाको भूमिकामा हुनेछिन् । सन्तानहरु हुर्केपछि आफ्नो करिअर अगाडि बढाउने उनले बताएकी छन् । यद्यपि, उनले फिल्ममा नै करिअर बनाउनेछिन् वा अन्यत्र भन्ने प्रष्ट भएको छैन ।

शाहिद कपुरको कुरा गर्दा उनको लागि ‘बत्ति गुल मिटर चालु’ निकै महत्वपूर्ण छ । यसअघि शाहिद अभिनित फिल्म ‘पद्मावत’ ब्लकबस्टर बनेको थियो । तर, यो फिल्ममा उनको कमजोर रोल भएकाले खासै क्रेडिट लिन सकेनन् । सबै क्रेडिट दिपिका पादुकोण र रणवीर सिंहले लगे । ‘बत्ति गुल’ मा भने उनकै प्रमुख भूमिका रहेकाले यस फिल्मको सफलता-असफलताले उनको भविष्य निर्धारण गर्न सक्छ ।

‘पद्मावत’ र ‘बत्ति गुल’ बीच तुलना गर्न आग्रह गर्दा शाहिद कपुरले पन्छिदै भने, ‘दुई फरक-फरक प्रकृतिका फिल्म हुन् । त्यसैले तुलना गर्नै सक्दिनँ । दुवै फिल्ममा मैले उत्तिकै मिहिनेत गरेको छु ।’ पारिवारिक दायित्व बढेसँगै शाहिदको फिल्मी करिअरमा असर पर्छ कि भन्ने प्रश्नमा उनी भन्छन्, ‘मैले अहिले पनि परिवार र करिअरलाई सन्तुलनका साथ अगाडि बढाईरहेको छु । आगामी दिनमा पनि समस्या नहोला ।’

Next Post

प्रदर्शन उग्र बनेपछि महेन्द्रनगरमा कर्फ्यू

७ भाद्र २०७५, बिहीबार १५:५१
सदरलाइनडटकम, कञ्चनपुर : हत्याको विषयलाई लिएर महेन्द्रनगरमा जारी प्रदर्शन उग्र बनेपछि कञ्चनपुरमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । सुरक्षा निकायको बिहीबार बसेको बैठकको निर्णयानुसार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कर्फ्यु आदेश जारी गरेको हो । अनिश्चितकालका लागि बजार क्षेत्रमा मात्र कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । बलात्कारपछि हत्या […]