प्रदर्शन उग्र बनेपछि महेन्द्रनगरमा कर्फ्यू

७ भाद्र २०७५, बिहीबार १५:५३
 

सदरलाइनडटकम,
कञ्चनपुर : हत्याको विषयलाई लिएर महेन्द्रनगरमा जारी प्रदर्शन उग्र बनेपछि कञ्चनपुरमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । सुरक्षा निकायको बिहीबार बसेको बैठकको निर्णयानुसार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कर्फ्यु आदेश जारी गरेको हो ।
अनिश्चितकालका लागि बजार क्षेत्रमा मात्र कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका वास्तविक दोषीलाई खोजेर कारबाहीको माग गर्दै भएको प्रदर्शन उग्र बनेपछि अनिश्चितकालिन कर्फ्यू लगाइएको हो ।
पछिल्लो समय प्रदर्शन उग्र बनेको र बजार मात्र नभई गाउँतिर समेत प्रदर्शन हुन थालेपछि कर्फ्यु लगाइएको प्रशासनले बताएको छ । यसअघि प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ८ जना घाइते भएका छन् । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा ६ जना प्रदर्शनकारी र २ प्रहरी घाइते भएका हुन् ।
घटनाबारे गृहमन्त्रीलाई ज्ञापनपत्र
कञ्चनपुरको घटनाबारे गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ज्ञापनपत्र बुझाइएको छ । प्रदेश नं. ७ का सांसद् लगायतले कञ्चनपुर घटनाबारे न्यायिक आयोग वा उच्च स्तरीय समितिले गठन हुनु पर्ने माग राख्दै बिहिवार ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझ्दै गृहमन्त्री बादलले कञ्चनपुर घटनालाई सरकारले गम्भीर रुपमा लिएको बताउँदै छानबिन समिति गठन गर्ने आश्वासन दिएका छन् । ज्ञापन पत्रमा घटनाको सत्यतथ्य छानबिनको माग गर्दै जनताको शान्तिपूर्ण आन्दोलनमा भइरहेको प्रशासनिक हस्पक्षेप रोक्नसमेत आग्रह गरिएको छ ।

Next Post

कञ्चनपुर घटनाको छानबिन गर्न समिति गठन

७ भाद्र २०७५, बिहीबार १५:५३
सदरलाइनडटकम, काठमाण्डौ : कञ्चनपुर घटनाको छानबिन गर्न गृहमन्त्रालयले बिहीवार समिति गठन गरेको छ । भीमदत्तनगरपालिका २ की १३ बर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको छानबिनका लागि गृहमन्त्रालयले सहसचिव हरि मैनालीको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । जिल्लाका प्रशासनिक अधिकारी मन्त्रालय तानिए उता गृहमन्त्रलायले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार […]

सम्बन्धित