बाँकेलाई ‘स्मार्ट’ कृषि जिल्ला बनाउने मन्त्री पौडेलको दाबी

६ भाद्र २०७५, बुधबार १९:३०
 

सदरलाइनडटकम,
बाँके (डुडुवा) : प्रदेश नं. ५ की भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बाँकेलाई स्मार्ट कृषि जिल्लाको रुपमा विकास गरिने बताएकी छन् । डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियास्थित जनएकता सामुदायिक बहुउद्देशीय सहकारी संस्था लिमिटेडको कृषि गोदाम भवन उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।
मन्त्री पौडेलले वातावरणको दृष्टिले कृषि क्षेत्रका लागि बाँके उपयुक्त रहेकोले स्मार्ट कृषि जिल्ला निर्माणमा आफु अघि बढेको बताइन् । त्यसका लागि स्मार्ट गाउँको अवधारणा अघि सारिएको भन्दै उनले जिल्लामा गुरु कृषकसमेत उत्पादन गर्ने जानकारी दिइन् ।
संस्थाका अध्यक्ष ओरीलाल मौर्यको अध्यक्षतामा सम्पनन कार्यक्रममा मन्त्री पौडेलले कृषि क्षेत्रमा धेरै अनुसन्धान भएपनि सबै दराजमा मात्र थन्किएको बताइन् । ठुला होटलमा कृषकहरुलाई दिने तालिम भत्ता पचाउनका लागि मात्र भएको भन्दै उनले अब कृषकलाई प्रत्यक्ष फायदा पुग्ने गरी खेतमै तालिमको व्यवस्था गर्न लागिएको जिकिर गरिन् ।
विभिन्न संघसंस्थाले आफ्नो मागसहित मन्त्री पौडेललाई ज्ञापनपत्रसमेत बुझाएका थिए । कार्यक्रममा क्षेत्र नं. २ का विधायक बिजयबहादुर यादव, पूर्वराज्यमन्त्री दिनेश यादव, पूर्वसांसद देवराज भार, समाज सेवी एवं जिबिस बाँकेका पूर्वसभापति पशुपतिदयाल मिश्र, वडाअध्यक्ष मोहनराम मिश्र, मकैजोनका प्रमुख देवेशकुमार मिश्रलगायतले मन्तब्य राख्नु भएको थियो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मकै जोन बाँकेको १२ लाख ४४ हजार अनुदान र २ लाख ५० हजार संस्थाको लगानीमा उक्त गोदाम भवन निर्माण भएको हो ।

Next Post

दोषिलाई पक्राउ नगरेको भन्दै आन्दोलनको घोषणा

६ भाद्र २०७५, बुधबार १९:३०
सदरलाइनडटकम नेपालगन्ज : गत भदौ ४ गते नेपालगन्ज हेल्थ क्यम्पसमा विद्यार्थी नेताहरुमाथि भएको कुटपिटको घटनाको दोषिलाई कानूनी कारवाहीमा ल्याउन स्थानीय प्रशासनले चासो नदिएको भन्दै विभिन्न विद्यार्थी संगठनले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । बुधबार अनेरास्वावियु बाँके, नेविसंघ बाँके, अखिल क्रान्तिकारी, अखिल छैठौ, नयाँशक्ति विद्यार्थी युनियनलगायतका विद्यार्थी संठगनहरुले संयुक्त विज्ञप्ती जारी […]