महिलामाथि हुने हिंसा रोक्न राप्रपा निकट महिला संगठनकाे प्रजिअलाई ज्ञापन

५ भाद्र २०७५, मंगलवार २०:३१
 

सदरलाइनडटकम
नेपालगन्ज  : राप्रपा निकट महिला संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँकेले महिला सुरक्षाको विषयमा गम्भीर हुनको लागि आग्रह गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
संगठनका केन्द्रीय सदस्य तथा राप्रपा बाँकेका उपाध्यक्ष लक्ष्मी श्रेष्ठको नेतृत्वमा गएको समूहले महिलालाका विषयमा गम्भीर भईदिन आग्रह गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी मदल भुजेललाई ज्ञापन पत्र बुझाएका हुन ।
‘दिनहुँ महिला माथी हिंसा, बलात्कार तथा दमनका घटना बृद्धि हुँदै आएकोले बाँकेमा पनि त्यस्ता खालका घटना हुन नदिन प्रशासनको तर्फबाट सजकता अपनाउन यो प्रयास गरिएको हो’– केन्द्रीय सदस्य श्रेष्ठले भनिन ।
उनले देशभरमा महिला तथा बालबालिका माथि हुँदै आएको बलात्कार, तथा विभिन्न खालको हिंसाको बिरुद्ध आफुहरु एक्येबद्धता जनाउदै त्यस्ता घटना तत्काल रोक्नको लागि यस्तो कार्यक्रमको आयोजना गर्नु परेको दाबी गरीन ।
उनले सामाजिक व्यवहार गरी बाँच्नको लागि अनिवार्य नैतिक शिक्षाको व्यवस्था गर्नुपर्ने, महिलामाथि हुने सम्पूर्ण हिंसा अन्त्य गर्ने सरकारका सबै संयन्त्र परिचालित हुनु पर्ने, लगायतको माग रहेको बताईन ।
सो ज्ञापनपत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी भूजेलले महिला माथि हुने बिभेद र हिंसा रोक्नको लागि आफ्नो तर्फबाट कुनै कसर बाँकी नराखिने बताए । राप्रपा पार्टी कार्यालय विद्युतरोडबाट र्याली सहित जिल्ला प्रशासन कार्यालयसम्म पुगेका थिए ।
  यसअघि जिल्ला प्रशासन कार्यालय बाँकेको गेटमा भएको कोण सभालाई सम्बोधन गर्दै राप्रपा बाँकेकी जिल्ला सदस्य तथा नेपालगन्ज उप–महानगरपालिका कार्यपालिका सदस्य ईन्दिरा शाहीले बलात्कार तथा हत्या हिंसाको शिकार दिनहुँ महिला मात्र पर्ने गरेको भन्दै सरकारले कडा कानून ल्याएर भएपनि यस्ता घटनाको दोषिलाई कारवाहीको दायरामा ल्याउनु पर्ने धारण राखेकी थिईन ।

Next Post

डुडुवामा जनएकताको भवन उद्घाटन गरिँदै

५ भाद्र २०७५, मंगलवार २०:३१
सदरलाइनडटकम, बाँके (डुडुवा) : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियास्थित जनएकता बहुउद्देशीय सहकारी संस्था लिमिटेडको कृषि गोदाम भवन उद्घाटन गरिँदैछ । उक्त भवन प्रदेश ५ की भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बुधवार दिउँसो उद्घाटन गर्नेछिन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मकै जोन बाँकेको १२ […]