प्रदेश पाँचमा बुधवार सार्वजनिक बिदा

५ भाद्र २०७५, मंगलवार १५:३१
 

सदरलाइनडटकम,
बुटवल : इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो महान चाडका अवसरमा प्रदेश ५ सरकारले बुधवार (भोली) सार्वजनिक बिदाको घोषणा गरेको छ । प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर बकर–ईदका अवसरमा बिदा घोषणा गरेको हो ।
मुस्लिम समुदायको दोस्रो ठूलो महत्वपूर्ण चाड बकर–ईदको उपलक्ष्यमा प्रदेश नम्बर पाँचका सबै १२ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जारी सूचनामा उल्लेख छ ।
यसअघि गणतन्त्र दिवसका अवसरमा प्रदेश पाँच सरकारले सार्वजनिक बिदाको घोषणा गरेपनि अधिकाँश सरकारी कार्यालयहरु खुलेकाले प्रदेशका मन्त्रीहरुले केन्द्र सरकारको आलोचना गरेका थिए ।

Next Post

महिलामाथि हुने हिंसा रोक्न राप्रपा निकट महिला संगठनकाे प्रजिअलाई ज्ञापन

५ भाद्र २०७५, मंगलवार १५:३१
सदरलाइनडटकम नेपालगन्ज  : राप्रपा निकट महिला संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँकेले महिला सुरक्षाको विषयमा गम्भीर हुनको लागि आग्रह गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । संगठनका केन्द्रीय सदस्य तथा राप्रपा बाँकेका उपाध्यक्ष लक्ष्मी श्रेष्ठको नेतृत्वमा गएको समूहले महिलालाका विषयमा गम्भीर भईदिन आग्रह गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी मदल […]

सम्बन्धित