टिपर सञ्चालकलेनै गरे बाटो मर्मत

३ भाद्र २०७५, आईतवार १९:१२
 

सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके) : टिपरले बिगारेको बाटो ठेकेदारबाटनै मर्मत गराइएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरमा टिपर गुडेर बिगारेको बाटोलाई त्यहाँका जनप्रतिनिधीले टिपर सञ्चालकबाटनै मर्मत गराएका हुन् । टिपरका कारण राप्ती किनारको नर्सरीदेखी ढलैयासम्मको बाटो पोखरीमय भएको थियो ।
गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीको नेतृत्वको जनप्रतिनिधीको टोलीले क्षेत्रमा काम गरिरहेका ठेकेदारलाई बाटो मर्मत गर्न लगाएको वडाअध्यक्ष कान्छा थारुले बताए । फत्तेपुरमा डम्पिङ गरिएको ग्राभेल, गिट्टी, बालुवा र ढुंगा ओसार्न दैनिक रुपमा टिपरहरु ओहोर–दोहोर गर्ने गरेको स्थानीयहरुको भनाई छ ।
हुलाकी सडक निर्माणका लागि गणपति गु्रप अफ कन्स्ट्रक्शन कम्पनीले नदी किनारमा डम्पिङ गरेको ग्राभेल टिपरमार्फत ओसार्दै आएको छ । त्यस्तै कुमार कन्स्ट्रक्शन र ठेकेदार संगम शाहले छुट्टा–छुट्टै सञ्चालन गरेको क्रसर उद्योगबाट टिपरले सामग्री ओसार्ने गरेका छन् । तीन वटै ठेकेदार संयुक्तरुपमा आइतवार बाटो मर्मत गरेको उपाध्यक्ष खत्रीले बताइन् ।

Next Post

सडक दुर्घटनामा एकको मृत्यु एक घाइते

३ भाद्र २०७५, आईतवार १९:१२
सदरलाइनडटकम  नेपालगन्ज  :  नेपालगन्ज–कोहलपुर सडकखण्डमा आईतबार साँझ सवा ५ बजे भएको सडक दुर्घटनामा परेर एक जनाको मृत्यु हुनुको साथै एक घाइते भएका छन् । जिल्ला ट्राफिक कार्यालय बाँकेका ईन्चार्ज तथा प्रहरी निरिक्षक हिरेन्द्र रोकायले दिएको जानकारी अनुसार कोहलपुर नगरपालिका–१४ हवलदारपुर नजिकै नेपालगन्जबाट कोहलपुर जाँदै गरेको भे ४ प ५५५३ नं.को […]