बास–ब्राइटल्याण्ड यूवा पुरस्कारबाट क्षेत्री सम्मानित

३ भाद्र २०७५, आईतवार १८:४७
 

सदरलाइनडटकम,
नेपालगन्ज : लागूऔषध दुब्र्यसन विरुद्ध क्रियाशील अभिराज क्षेत्रीलाई पुरस्कृत गरिएको छ । बास–ब्राइटल्याण्ड यूवा पुरस्कार प्राप्त गरेका छन् । अन्तर्राष्ट्रिय यूवा दिवसका अवसरमा दुब्र्यसनविरुद्ध अभियान चलाई रहेका क्षेत्रीलाई आइतवार ‘बास–ब्राइटल्याण्ड यूवा पुरस्कार २०१८’ बाट पुरस्कृत गरिएको हो ।
लामो समयदेखि लागूऔषध दुब्र्यसन विरुद्धका अभियानमा लागेर देश, समाज र यूवालाई लागूऔषधको कुलतबाट जोगाउन सह्रनीय योगदानको कदर गर्दै क्षेत्रीलाई नगद १५ हजार, ताम्रपत्र र दोसल्ला ओढाएर पुरस्कृत गरिएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले बताए ।
पूर्व लागूऔषध दुब्र्यसनी समेत रहेका क्षेत्रीले सहारा हाउस पुनस्र्थापना केन्द्र सञ्चालन गरेर कुलतमा फँसेका पाँच सयभन्दा बढी यूवालाई पुनस्र्थापित गरेका छन् । लागूऔषध प्रयोग गर्ने क्रममा दुुर्घटनामा परि उनले देव्रे खुट्टासमेत गुमाउनु परेको थियो । दुब्र्यसनका क्रममा समाज र परिवारबाट अपहेलित भएका क्षेत्रीले आफुलाई सुधार्दै समाजका लागि केही गर्ने दृढ्ताका कारण उनी पुरस्किृत भएको ब्राइटल्याण्ड कलेजका रुद्र तिमिल्सिनाले जानकारी दिए ।
कार्यक्रममा प्रदेश नं. ५ का सभाषद सुरेन्द्रबहादुर हमालले मानिसको जीवनमा आइपर्ने चुनौतिको सामना गरि अगाडी बढ्नसके निश्चितरुपमा सफलता प्राप्त हुने जिकिर गरे । उनले लागूऔषध दुब्र्यसन, ओसार पसार र बेचविखन न्यूनिकरणका लागि प्रदेश सरकारले विशेष नीति अवलम्वन गरेको बताए ।
बासले सन् २०११ देखि समाजमा उदाहरणीय काम गर्ने एक जनालाई उक्त पुरस्कार प्रदान गर्दै आएको र प्रत्येक वर्ष पुरस्कार राशि थप्दै गएको बासका अध्यक्ष मन भण्डारीले जानकारी दिए ।

Next Post

टिपर सञ्चालकलेनै गरे बाटो मर्मत

३ भाद्र २०७५, आईतवार १८:४७
सदरलाइनडटकम, राप्तीसोनारी (बाँके) : टिपरले बिगारेको बाटो ठेकेदारबाटनै मर्मत गराइएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरमा टिपर गुडेर बिगारेको बाटोलाई त्यहाँका जनप्रतिनिधीले टिपर सञ्चालकबाटनै मर्मत गराएका हुन् । टिपरका कारण राप्ती किनारको नर्सरीदेखी ढलैयासम्मको बाटो पोखरीमय भएको थियो । गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीको नेतृत्वको जनप्रतिनिधीको टोलीले क्षेत्रमा काम गरिरहेका […]