नेपालगन्जमा पनि सुरु भयो ‘टिफिन’ बक्सको सुरुवात

२ भाद्र २०७५, शनिबार १६:०४
 

सदरलाइनडटकम
नेपालगन्ज  : खाजा खानु पर्यो, तयार गर्न र बाहिर गएर खान पनि फुर्सद छैन । तर, यो अभावलाई लक्षित गरी नेपालगन्जमा घरबाटै खाजा ‘टिफिन’ को सुरुवात गरिएको ।
नेपालगन्ज– ६ की फुल्टेक्राकी सुशीला राणा तथा नितु चन्दले दक्षिणकाली खाजा घर सुरु गरेका हुन । उनीहरुले ग्राहकको रुची अनुसारका खाजाका परिकार अडर अनुसार खाजा ठाउँमा पुर्याउने उद्देश्यले खाजाघर सञ्चालनमा ल्याएका हुन ।
मासुसहितको परिकारलाई एक सय तथा शाहाकारी खाजालाइ ७० रुपैयामा खाजा उपलब्ध गराउने गरी सञ्चालनमा ल्याएको सो खाजाघरमा तयार पारिने खाजामा चिउरा मासु, बिरयानी, चप्स तथा सेगबेज परेटाहरु बनाउने गरेको प्रोपाइटर राणाले बताइन । उद्घाटन कै दिनबाट ब्यावसाय सुरु गरको उनीहरुलाई नेपालगन्जका ६ वटा बैकले खाजाको अर्डर गरिसकेको उनले जानकारी दिईन ।
उनीहरुले दैनिक रुपमा भन्दा पनि मासिक रुपमा खाजा खानेहरु त्यसमा पनि संस्था समुह बैकहरुमा खाजा पुर्याउन सुरु गरेको बताए । महिला उद्यमी संघ बाँकेकी अध्यक्ष सुशीला गौतमले महिलाहरूको उत्पादन श्रमले बजार पाउदा उत्साहित भएको बताइन ।
उनले बजारिकरणका लागि संघको सधै साथ रहने बताइन । उदघाटन कार्यक्रममा महिला उद्यमी संघका बाँकेका संरस्वती पराजुली, आभा गौतम साबित्रा बस्नेत लगायतले शुभकामना ब्यक्त गरेका थिए ।


Next Post

ट्रयाक्टर पल्टिदाँ रुकुम पश्चिममा एकको मृत्यु

२ भाद्र २०७५, शनिबार १६:०४
सदरलाइनडटकम, रुकुम पश्चिम : ट्रयाक्टर पल्टिदाँ रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । सडकबाट ट्रयाक्टर करिब एक हजार मिटर तल खस्दा आठबिसकोट नगरपालिका १ बस्ने ३८ वर्षीय राजकुमार विकको मृत्यु भएको छ । दुर्घटनामा सोही ठाउँका चालक बलजित विक गम्भीर घाइते भएका छन् । घाइते […]