मुख्यमन्त्री पोखरेल र चाइना टोलीबीच भेटवार्ता

२५ श्रावण २०७५, शुक्रबार १९:०८
 

सदरलाइनडटकम, बुटवल : चाइना रेलवे इन्टरनेशनल गु्रपको एक टोलीले प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलसंग शुक्रवार भेटेर रामग्राम—लुम्बिनी—कपिलवस्तुको बुद्धसर्किटमा मोनोरेलको सम्भाव्यता अध्ययनबारे छलफल गरेको छ ।
भेटमा मुख्यमन्त्री पोखरेलले बुद्ध सर्किटमा पर्यटनको सम्भावना प्रचुर रहेकोले प्रदेश सरकार पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताएका थिए । उनले बुद्धसर्किटमा मोनोरेल सञ्चालन गरी पर्यटक बढाउने सरकारको योजना रहेकोले सम्भाव्यता अध्ययन, डिपीआर र निर्माण बारे छलफल गरी अघि बढ्न सकिने बताउँदै उनले मोनोरेबारे लुम्विनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाल, प्रदेश योजना आयोगका उपाध्यक्ष प्रकाश श्रेष्ठ र मुख्यमन्त्री कार्यालयका सचिव बसन्त अधिकारीसंग छलफल गरी अघि बढ्न चिनियाँ टोलीलाई आग्रह गरे ।
चिनियाँ टोलीले बुद्धसर्किटमा मोनोरेलको सम्भावनाबारे जानकारी गराएको थियो । छलफलमा चाइना रेलवे इन्टरनेशनल गु्रप अन्तर्गतको चाइना ओभरसिज गु्रपका नेपाल शाखा महाप्रवन्धक वाङ्ग यु श्वे, चाइना रेलवे इन्टरनेशनल गु्रपका अर्थशास्त्री याङ्ग क्वाङ्ग सहितको टोली सहभागी थियो ।
चाइना ओभरसिज गु्रपका नेपाल शाखा महाप्रवन्धक श्वेले बुद्धसर्किटमा मोनोरेलको सम्भाव्यता अध्ययन, डिपिआर र निर्माणको बारेमा प्रदेश सरकारसंग छलफल गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

Next Post

जटिल प्रसूति सेवा बन्द

२५ श्रावण २०७५, शुक्रबार १९:०८
बैतडी, बैतडी जिल्ला अस्पतालमा छ वर्षदेखि सञ्चालनमा रहेको जटिल प्रसूति सेवा बन्द गरिएको छ । उक्त सेवा बन्द हँुदा शल्यक्रिया गरेर बच्चा जन्माउनुपर्ने अवस्थाका महिला भारत तथा छिमेकी जिल्ला अस्पताल जान बाध्य छन् । आफू गभर्वती भएको आठ महिनामै ब्यथा लागेपछि उक्त अस्पतालमा जचाउन आउँदा पेटमा उल्टो अवस्थामा बच्चा देखिनुका […]

सम्बन्धित