महिला तथा बालबालिका सेवा केन्द्र रोल्पाको भवन उद्दघाटन

२४ श्रावण २०७५, बिहीबार १८:००
 

सदरलाइनडटकम, 
रोल्पा : प्रहरी नायव महानिरिक्षक धिरु बस्न्यातले नेपाल प्रहरीले महिला तथा बालबालिकाको क्षेत्रमा अत्यन्तै संवेदनशिल रहेकाले महिला तथा बालबालिकासंग सम्बन्धित मुद्दाहरुको सुनुवाई गर्न छुट्टै व्यवस्था गरेको बताएका छन् ।
उनले बुधबार जिल्ला प्रहरी कार्यालय रोल्पाको परिसरभित्र बनेको महिला तथा बालबालिका सेवा केन्द्र भवन उद्घाटन गर्दै सो कुरा बताएका हुन । डिआइजी बस्न्यातले महिला र बालबालिकाहरुको मुद्दाहरुको सुनुवाइ गर्न पहिलो प्राथमिकतामा राखेको बताए । यसअघि जिल्ला प्रहरी कार्यालयमा सेवा केन्द्र संचालनमा आएता पनि सानो कोठामा सेवा दिदा असहज भएको थियो । भवन अभावका कारण सानो कोठाबाट सेवा प्रवाह गर्दा अफ्ठोरो भएको र गुनासो समेत आएको जिल्ला प्रहरी कार्यालय रोल्पाकी महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख दिलकुमारी बुढाले बताइन् ।
भवन उद्घाटनको अवसरमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका डिआइजी बस्न्यातले जिल्लामा उत्कृष्ट कार्य गर्ने प्रहरी, महिला तथा बालबालिका विरुद्ध हुने हिंसा रोकथाममा सहयोग पुर्याउने व्यक्तिहरुलाई प्रशांसा तथा सम्मान पत्र प्रदान गरेका थिए ।


Next Post

लायन्स क्लवको सक्रियतामा रक्तदान

२४ श्रावण २०७५, बिहीबार १८:००
काठमाडौ : नेपाल लायन्स दिवस (९ अगस्त) को अवसरमा बिहिवार उपत्यकाका ६ बटा लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ भ्याली सेन्टेनियल, जनभावना, शुभलाभ, कोअपरेटर ग्रुप, पिपल्स र स्काई लिमिटको आयोजनामा ललितपुरको जनभावना क्याम्पसमा भएको रक्तदानमा ७० जनाले रक्तदान गरेको लायन्स क्लव अफ काठमाडौको जोन चेयरपर्सन […]